काठमाडौं। नेकपा–माओवादीले एकीकृत नेकपा (माओवादी) सँग एकताका लागि पहल गर्ने बताएको छ । जनयुद्ध, जनआन्दोलनकारी शक्तिको एकता जरुरी रहेको ठहर गर्दै सो पार्टीले परिवर्तनका एजेन्डा र मूल्य–मान्यता धरापमा परेको भन्दै पार्टी एकताको पहल गर्ने निर्णय गरेको छ । 
केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन बिहीबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी शक्तिबीच एकता प्रक्रिया सुरु भएको जानकारी दिए । संविधानसभाको दोस्रो निर्वाचनपछि परिवर्तनकारी शक्ति अल्पमतमा परेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) ले विगतको सहमति तथा सम्झौता लत्याएर एमाओवादीलगायत शक्तिलाई समेत बाहेक गरेकाले पार्टी एकता आवश्यक भएको वैद्यको भनाइ थियो ।
माओवादीले फागुन १ गतेदेखि चैत २४ गतसम्म मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो