काठमाडौं। प्रेस चौतारीले बुधबार स्थापना दिवसका अवसरमा पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा भूमिका निर्वाह गर्ने विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। घोषित पुरस्कारमध्ये ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पका ईश्वरी जिएमलाई दिइने निर्णय भएको छ ।
स्थापना दिवसमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष अर्यालले सो घोषणा गरेका हुन्। यस्तै चौतारीले दार्चुला, दाङ, कास्की, चितवन र मोरङ जिल्लालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । ती पुरस्कार आगामी प्रेस स्वतन्त्रता दिवस (मे ३) मा प्रदान गरिनेछ ।
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने