काठमाडौं। विवादकाबीच नयाँ संविधानको अन्तर्वस्तुको विषयलाई मतदान प्रश्नहरु तयार गर्न गठन गरिएको प्रस्ताव निर्माण समितिले निर्धारित समयमा काम पुरा गर्न नसकेपछि ५ दिन थप्ने तयारी भएको छ।
संविधानसभाको माघ ११ गतेको बैठकले समितिको पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरिएको थियो ।
‘समितिको गठन हुँदा ५ दिनको समयमा दिइएकाले त्यो भन्दा थप समय दिँदा त्यो भन्दा बढी थप्न मिल्दैन,’ संविधानसभा सचिवालय स्रोतले भन्यो।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिको म्याद थप्नका लागि बिहीबार दिउँसो १ बजे संविधासभाको बैठक आह्वान गरेका छन्।
‘प्रस्ताव निर्माण समितिले प्रश्नहरु तयार पारेमा त्यसामाथि छलफल शुरु हुन्छ। होइन भने समितिको थप समय दिइने छ,’ सचिवालय स्रोतले भन्यो । सभाध्यक्ष नेम्वाङ समितिको म्याद थप्दा दलहरुले समिति गर्न दलहरुले थप समय पाउने हुँदा समय थप्ने पक्षमा रहेका छन्।
प्रस्ताव निर्माण समितिले एमालेका प्रमुख सचेतक अग्नी खरेलको संयोजकत्वमा गठित प्रश्न निर्माण समितिले समयावधी एक दिन मात्रै बाँकी रहेको अवस्थामा तीन वटा शीर्षकमा मात्रै प्रश्न तयार पारेको छ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान