काठमाडौं। विवादकाबीच नयाँ संविधानको अन्तर्वस्तुको विषयलाई मतदान प्रश्नहरु तयार गर्न गठन गरिएको प्रस्ताव निर्माण समितिले निर्धारित समयमा काम पुरा गर्न नसकेपछि ५ दिन थप्ने तयारी भएको छ।
संविधानसभाको माघ ११ गतेको बैठकले समितिको पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरिएको थियो ।
‘समितिको गठन हुँदा ५ दिनको समयमा दिइएकाले त्यो भन्दा थप समय दिँदा त्यो भन्दा बढी थप्न मिल्दैन,’ संविधानसभा सचिवालय स्रोतले भन्यो।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिको म्याद थप्नका लागि बिहीबार दिउँसो १ बजे संविधासभाको बैठक आह्वान गरेका छन्।
‘प्रस्ताव निर्माण समितिले प्रश्नहरु तयार पारेमा त्यसामाथि छलफल शुरु हुन्छ। होइन भने समितिको थप समय दिइने छ,’ सचिवालय स्रोतले भन्यो । सभाध्यक्ष नेम्वाङ समितिको म्याद थप्दा दलहरुले समिति गर्न दलहरुले थप समय पाउने हुँदा समय थप्ने पक्षमा रहेका छन्।
प्रस्ताव निर्माण समितिले एमालेका प्रमुख सचेतक अग्नी खरेलको संयोजकत्वमा गठित प्रश्न निर्माण समितिले समयावधी एक दिन मात्रै बाँकी रहेको अवस्थामा तीन वटा शीर्षकमा मात्रै प्रश्न तयार पारेको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा