लण्डन । मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठ बुधवार राती लण्डन उत्रिएकी छन् । डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन अनुष्का लण्डन आएकी हुन् ।
उनी राती ९.४० बजे हिथ्रो विमानस्थल टर्मिनल २ मा उत्रिएपछि आफू तीन साताको ‘ट्रेनिङ’ मा व्यस्त रहने बताइन् । एक्सेल लण्डनमा हुने प्रतिस्पर्धामा सहभागी हुन १११ देशका सुन्दरीहरु लण्डन आउने क्रम शुरु भएको छ ।
प्रतियोगीहरुले टप ४० मा छानिन फास्ट ट्रयाक विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये मल्टिमिडिया, स्पोर्टस, ट्यालेन्ट, टप मोडल, ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी वीथ अ पर्पोज’ छन् ।
अनुष्काले मल्टिमिडिया अवार्डबाट धेरै आशा राखेकी छन् । उनले उक्त अवार्डमा जिताउन सबै नेपालीसँग अपिल गरेकी छन् । अवार्ड जित्न धेरै लाइक आवश्यक पर्छ, जसका लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । एक लाइक एक भोटको रुपमा गणना हुनेछ ।
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन