कलमले लेख्न छोडेर
कागजमा प्रिय कविता
मैले लेखेकी छु आफ्नै आँखाको लयमा
तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई
नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर
समेटेकी छु सम्पूर्णत: तिमीलाई
हृदयको रङ्गीन क्यानभासमा
गुलाफको किरणजलले छोएर हर पल
प्रेमको कोमल बास्नामा
सधैं सधैं लुटुपुटिइरहन्छु
त्यो रहस्यको जीवन्त छटा
एउटा आकृति, तर अनन्त आलोक
एउटा अस्तित्व, तर असंख्य आकांक्षा
प्रत्यक्ष प्रतिरूप, तर अमूर्त कला
व्याख्या गरुँ शब्दले धान्दैन,
विचार आरोपण गरुँ व्यापकता बन्छ,
चुहिएर जिन्दगीझैं तपतप भावना
तिम्रो मुटुभरी तरलित बनेर बगिदिन्छ
स्वप्निल समय रोटेपिङ खेलेर फन्का मारिरहन्छ हरेक यादमा
आऊ न अब सब औपचारिकता फुकालेर
सब सब दार्शनिकतालाई घिसारेर
नाघौं यो आदर्शको मौनतालाई एक झट्कामा
बगौं यो बतासको गति समातेर सँगसँगै
समयको सुदुर एकान्तमा !!
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री