लण्डन । गैरआवासीय नेपाली महासंघ (एनआरएनए) युकेले नेतृत्व हस्तान्तरणका लागि यही फेब्रुअरी २१ तारिखमा विशेष अधिवेसन बोलाएको छ ।
एनआरएनए आइसिसीले दुईपटक पत्र काटेपछि एनआरएनए युकेको आज सम्पन्न बैठकले बाध्य भई विशेष अधिवेसन बोलाएको हो ।
बैठकपछि महासचिव योगकुमार फगामी र सहमहासचिव संगीता मरहट्ठाका नाममा आजै पठाइएको निमन्त्रणापत्रमा फेब्रुअरी २१ का दिन बिहान ११ बजेदेखि अल्डरसटस्थित कन्नड स्कुलमा विशेष अधिवेसन बोलाइएको उल्लेख छ ।
बैठकले विशेष साधारणसभा अगावै आर्थिक हरहिसाब टुंगो लगाउनु पर्ने निर्णय पनि गरेको छ । जसका लागि यही फेब्रुअरी ८ तारिखमा बैठक बोलाइएको छ । सो बैठकमा निवर्तमान कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, संरक्षक परिषद, वर्तमान कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, निर्वाचन कमिटि तथा महेन्द्र कंडेललाई बोलाउने बताइएको छ ।
तर आर्थिक हरहिसाब नटुंगिएको अवस्थामा के गर्ने भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।
यसअघि आइसिसीले फेब्रुअरी २२ भित्र विशेष अधिवेसन बोलाउन निर्देशन दिएको थियो । सो निर्देशन आलटाल गर्न खोजेपछि आइसिसीले पुन पत्र काटेको थियो ।
तत्काल विशेष अधिवेसन नबोलाएकोमा एनआरएनए युकेका पदाधिकारीहरुको रवैयाप्रति यसका संरक्षक प्रा.डा. सूर्य सुवेदी तथा संरक्षक परिषद्का सदस्य मेजर रिटायर्ड डमर घलेले कडा आपत्ति जनाएका थिए ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने