लण्डन । बेलायतको एउटा अग्रणी क्रिकेट क्लबद्वारा स्थापित फाउन्डेशन तथा बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अन्तर्राष्ट्रिय कल्याणकारी संस्थाले नेपालमा लोकप्रिय खेल क्रिकेटको माध्यमबाट गरीब समुदायका बालबालिकालाई लाभ पुरयाउने उद्देश्यले एउटा परियोजना शुरु गरेका छन् ।
ब्रिटेनस्थित प्रसिद्ध मार्लीबोन क्रिकेट क्लब फाउन्डेशन तथा ब्रिटेनमै मुख्यालय रहेको एउटा कल्याणकारी संस्था किडाशाले शुरु गरेको ‘ब्रेकिङ बाउन्ड्रीज’ नाम दिइएको उक्त परियोजनाले गरीब समुदायका बालबालिकासम्म सामाजिक तथा आर्थिक फाइदा पुरयाउने लक्ष्य लिएको छ । मार्लीबोन क्रिकेट क्लब फाउन्डेशनले यस अघि आउंदो तीन वर्ष सम्म नेपालमा क्रिकेट विकासमा सघाउने प्रतिवद्धता जनाएको थियो ।
बेलायतबाट गएको एमसीसी टोलीको उपस्थितिमा सोमबार बिहान मालेपाटन, पोखरास्थित श्री बाराही माध्यमिक विद्यालयमा सो परियोजनाको औपचारिक शुरुवात गरियो । कार्यक्रममा पोखराका मेयर मानबहादुर जीसी र एमसीसी फाउन्डेशनका
निर्देशक अबी कार्टरले संयुक्त रुपमा क्रिकेट अभ्यास पिच उद्घाटन गरे ।
उक्त परियोजना अन्तर्गत पोखराका पांचवटा सामुदायिक विद्यालयमा प्रशिक्षण नेटहरु तयार गरिने छ, स्थानीय कोच तथा शिक्षकहरुलाई प्रशिक्षण दिइने छ, बालबालिकाहरुलाई खेल सामग्री तथा प्रशिक्षण दिइने छ र छात्र तथा छात्रा दुवैका लागि नयाँ स्कुल लिग प्रतियोगिता शुरु गरिने छ ।
‘यो परियोजनाले युवा छात्र-छात्रालाई क्रिक्रेट खेल्न मात्रै होइन, उनीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्तीको माध्यमबाट अनुशासन, टिम वर्क, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्न सघाउ पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं’- किडाशाकी प्रमुख कार्यकारी जेनिश मिलरले भनिन् ।
बाल कल्याण योजना नेपालका अध्यक्ष गोविन्दराज पहारी, श्री बाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव भण्डारी लगायतका वक्ताले नयां परियोजनाबाट बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शुरुमा उक्त परियोजना जुन २०२० सम्म सञ्चालन हुने र त्यसको सफलताको आधारमा थप दुइ वर्ष सञ्चालन गरिने लक्ष्य लिइएको छ ।
किडाशाले विगत २० वर्ष भन्दा बढी समयदेखि नेपालको शहरी क्षेत्रमा अत्यधिक गरीबीमा बांचिरहेका बालबालिकाको हितका लागि काम गरिरहेको छ । उक्त संस्थाले सडक बालबालिकाहरुलाई आवास तथा पुनस्थापना सेवा पुरयाउनुका साथै विद्यालय जान नपाएका बालबालिकाहरुलाई औपचारिक तथा अनौपचारिक शिक्षाको पनि प्रवन्ध मिलाएको छ ।
गत पांच वर्षमा सो संस्थाले २,२०० बालबालिकालाई तिनको पठनपाठनमा सघाएको, २५०० भन्दा बढी किशोर किशोरीलाई जीवनोपयोगी सीप तथा स्वास्थ्य शिक्षा प्रदान गरेको तथा झन्डै १,००० बालबालिकालाई जोखिमयुक्त श्रम तथा शोषणबाट मुक्त गराएको जनाएको छ ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा