काठमाडौं। संविधानसभाले बनाएको प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्मनिपरेक्षता, समावेशिता र संघीयता विषयलाई मतदानमा नलैजाने भएको छ । अघिल्लो संविधानसभाको पहिलो बैठकले नै निर्णय गरिसकेका ती विषयमा अब कुनै पनि प्रश्न बनाउन नमिल्ने गरी आन्तरिक कार्यविधि तयार भएको छ।
कांग्रेसका सभाषद् रमेश लेखक नेतृत्वमा गठित उप-समितिले असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावलीसहितको प्रस्ताव निर्माण गर्ने गरी तयार गरेको आन्तरिक कार्यविधि समितिले आइतबार पारित गरेको छ। समितिले सोमबारदेखि प्रश्नावली बनाउन आन्तरिक गृहकार्य थाल्नेछ।
विगतमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको भावना र त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न बनेको अन्तरिम संविधानले प्रत्याभूत गरेका र पहिलो संविधानसभाको पहिलो बैठकबाट पारित भएका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता प्रतिकूल नहुने गरी समितिले कार्यसम्पादन गर्ने कार्यविधि बनाइएको छ। तर, यसमा असहमति जनाउँदै राप्रपा नेपालले प्रस्ताव समितिको बैठक बहिष्कार गरेको छ।
कार्यविधिमा राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका सम्बन्धमा पनि निर्णय गर्नुपर्ने माग गरेको थियो । उक्त मागमा अन्य दल असहमत भएपछि राप्रपा नेपालले समितिमा नरहने निर्णय गर्दै बहिष्कार गरेको हो।
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने