लन्डन । बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) समयसीमा ३१ जनवरी, २०२० सम्म बढाउन युरोपेली नेताहरु सहमत भएका छन् । ईयू काउन्सिल अध्यक्ष डोनाल्ड टस्कले यदि ब्रेक्जिट डिल संसदबाट पहिल्यै पारित भए तोकिएको समय ३१ जनवरी अगाडि नै बेलायत अलग्गिन सक्ने बताएका छन् । यसअघि यो समयसीमा यही अक्टोबर ३१ सम्म तोकिएको थियो ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट डिल भएपनि वा नभएपनि ३१ अक्टोबरमै बेलायत ईयूबाट छुट्टिने जिकिर गर्दै आएका थिए । तर, ‘बेन एक्ट’ भनिने एउटा कानूनका अनुसार प्रधानमन्त्रीले ईयूको समय अवधि बढाउने प्रस्ताव स्वीकार गर्न आवश्यक छ ।
प्रधानमन्त्री जोन्सनले १२ डिसेम्बरमा आमनिर्वाचन गर्न गरेको प्रस्तावमाथि सांसदहरुले मतदान गर्ने चर्चाबीच ईयू नेताहरुबाट नयां ‘डेडलाइन’ आएको बीबीसीले जनाएको छ । स्कटिस नेशनल पार्टी र लिब्डेमले पनि ९ डिसेम्बरमा आमनिर्वाचन गर्न प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ श्रोतले क्रिसमस अगावै चुनाव हुने सम्भावना औंल्याएको छ । प्रधानमन्त्री जोन्सनले आफ्नो योजना सफल भए मध्यावधि निर्वाचन अभियानका लागि ६ नोभेम्बर मध्यरातपछि संसद बिघटन हुने बताएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न