लन्डन । इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय फुटबल टिमबीचको मैत्रीपूर्ण खेल आगामी २५ मे सोमबार (बैंक होलिडे) का दिन हुने भएको छ । यसअघि ३० मे, २०२० मा हुने भनिएपनि नेपाली टिमको समय नमिल्दा मिति सारिएको हो । खेल अल्डरसट टाउन फुटबल क्लवमा दिउसो हुनेछ । इंग्ल्याण्ड फुटबल एसोसिएसनले उक्त मैत्रीपूर्ण खेलमा ३० हजार भन्दा बढि दर्शक अपेक्षा गरेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा नेपाली राष्ट्रिय फुटबल टिम बेलायत आएर खेल्न लागेको यो पहिलो हो । राजदूत डा. दुर्गाबहादुर सुवेदीले यसलाई ऐतिहासिक उपलब्धि भन्दै आएका छन् । यस मैत्रीपूर्ण खेल सफल बनाउन इंग्ल्याण्ड फुटबल एसोसिएसन, राजदूत डा. सुवेदी, सहारा यूके र एन्फाको सक्रियता छ । आयोजकले उक्त खेलमा दर्शक जुटाइदिन विभिन्न संघसंस्थासंग अपिल गरेका छन् ।
यो अवसरले नेपाली खेलाडीलाई प्रोत्साहन हुनुका साथै खेल विकास र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा राजदूत डा. सुवेदीको छ ।
त्यस्तै सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने भएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते