लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को निर्वाचन नजिकिंदै जांदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा बेलायतबाट एक सय ७० जना प्रतिनिधि देखिएका छन् ।
बेलायतबाटै आइसीसी अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका आचार्यको पक्षमा स्वतस्फूर्त प्रतिनिधि देखिएका हुन् । एनआरएनए इतिहासमा पहिलोपटक बेलायतबाट त्यो पदसम्म आकांक्षी पुगेकाले यहांको नेपाली समुदायले गर्व र अवसरका रुपमा लिएको छ ।
‘हामीलाई पर्दा छिमेकी कुल नै चाहिन्छ, स्वार्थ बोकेका केही व्यक्तिको प्रलोभनमा समुद्रपारीकालाई समर्थन गर्न नैतिक रुपमा पनि सकिएन’- एक अभियन्ता भन्छन् ।
बेलायतबाट प्रतिनिधि हुन पाउने १ सय ८२ मध्ये १२ जनामात्र अर्का अध्यक्षका प्रत्यासी कुमार पन्तको पक्षमा उभिएका विश्लेषण गरिएको छ । विश्वकै ठूलो एनसीसी बनेको एनआरएनए यूकेबाट १ सय ८२ मध्ये एनआरएनए आइसीसी सदस्य रामशरण सिंखडा, आइसीसी मिडिया कोअर्डिनेटर चिरन शर्मा (देवराज आचार्य), आइसीसी विधान संशोधन समितिका डा. हेमराज शर्मा र उनीहरुसंग मित्रभाव रहेका गरि १२ जना पन्तको पक्षमा लागेका बताइएको छ । जसमध्ये ५ जना खुलेर लागेका छन् भने बांकी ७ जनाले सिंखडा र शर्माले जहां भन्यो त्यही भोट हाल्ने स्रोत बताउंछ । स्मरणरहोस् सिंखडा र शर्मा द्धय जिबा लामिछाने कोटाबाट केन्द्रमा नियुक्ति हात पार्ने भाग्यमानी हुन् ।
आचार्यले गत २४ सेप्टेम्बरको उम्मेदवारी घोषणा सभामा एनआरएनए यूके अध्यक्षमा विजयी पुनम गुरुङ र उपविजेता शेर सुनारलाई एकै ठाउंमा उभ्याएर गतिलो सन्देश प्रवाह गरे । त्यसकारण पनि पन्तका पक्षमा महोल बनाउन प्रयासरत सिंखडा, शर्मा (देवराज आचार्य) र डा. शर्मा असफल भए । ‘आचार्यको घोषणा सभापछि सबै पक्ष एकै ठाउंमा उभियो र कुल आचार्यको पक्षमा माहोल बन्यो’, एनआरएनए अभियन्ता कृष्ण भट्टले भने ।
कर्मभूमिमा आफन्तको बिहेमा जन्ती र मर्दाका मलामीका रुपमा रहेका यूकेवासी नेपाली आफ्नै छिमेकीलाई भोट दिन्छन् भन्नेमा सतप्रतिशत ढुक्क रहेको अध्यक्षका प्रत्यासी आचार्य बताउंछन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित