काठमाडौं। अन्तरिक्ष विज्ञान सम्बन्धी काम गर्ने अमेरिकी संस्था नासाले नेपालको वन क्षेत्र अध्ययनका लागि ७ लाख ५० हजार अमेरिकी डलर (अर्थात ७ करोड ५० लाख रुपैया) सहयोग गरेको छ। नासाले उक्त रकम अमेरिकी गैरसरकारी संस्था इस्टवेस्ट सेन्टरलाई सहयोग गरेको हो।
नेपालको मध्य हिमाली क्षेत्र अध्ययनका लागि उक्त रकम प्रयोग हुने संस्थाले जनाएको छ । अनुसन्धानकर्ताले १५ वर्षदेखि लिइएको स्याटेलाइट तस्बिरका आधारमा अध्ययन गर्नेछन्। ‘नासाले पृथ्वीको सतह परिवर्तनका लागि सधै सहयोग गर्दै आइरहेको छ,’ यो आयोजनाको नेतृत्व गरिरहेका सेन्टरका वरिष्ठ अनुसन्धानदाता जेफरसन फक्सले भने, ‘उनीहरूले यो वर्ष हिमालय पर्वतहरूको अनुसन्धानका लागि रुचि देखाएका थिए ।’
वातावरणीय संरक्षणमा नेपालले विश्वव्यापी मान्यता पाएको सेन्टरको भनाइ छ । सामुदायिक वन व्यवस्थापनले पनि विश्वलाई तानेको सेन्टरले जनाएको छ । नेपाललगायत एसियाली राष्ट्रमा अध्ययनले थप विकासका लागि स्रोत पहिचान गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान