लन्डन । तमुधिँ युकेको आयोजनामा आइतबार लण्डनमा हुन गइरहेको नेपाली मेलामा भाग लिन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ बेलायत आइपुगेका छन् । शुक्रबार साँझ पत्नीका साथ हिथ्रो विमानस्थल आइपुगेका गुरुङलाई स्वागत गर्न विमानस्थलमा नेपाली दूताबास लण्डनमा उपनियोग प्रमुख शरदराज आरण, तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङ, एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, तमुधिं युकेका पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ लगायत पुगेका थिए ।
गुरुङले आइतबार नेपाली मेलालाई सम्बोधन गर्नुका साथै गण्डकी प्रदेशमा लगानीका लागि बेलायतस्थित नेपाली समुदायलाई अन्य विभिन्न कार्यक्रममा आह्वान गर्ने बताइएको छ ।
यसैगरी, नेपाली मेलामा बेलायत निवासी कीर्तिमानी आरोही निर्मल पुर्जालाई विशेष सम्मान गरिने भएको छ । तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङका अनुसार अहिले विश्वका ८००० मिटर अग्ला १४ वटा हिमाल सात महिनामा चढेर कीर्तिमान राख्ने अभियानमा रहेका पुर्जालाई कार्यक्रममा सहयोग समेत जुटाइने छ । ‘बेलायतमा रहेका अन्य संघ संस्थाहरुले पनि पुर्जालाई सहयोग गर्न चाहनु हुन्छ भने नेपाली मेलामा सहयोग गर्न सक्नुहुन्छ’ गुरुङले भने ।
पुर्जालाई सहयोग गर्न चाहने संघसंस्थाका लागि सम्पर्क व्यक्ति तमुधिँ युकेका पूर्व अध्यक्ष सुवसिं गुरुङ तोकिएका छन् । कार्यक्रममा सीमित समय उपलब्ध हुने भएकाले इच्छुक संघसंस्थालाई अग्रिम रुपमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
पुर्जाले ८००० मिटर अग्ला ११ वटा हिमाल चढिसकेका छन् भने बाँकी ३ हिमाल यही शरद ऋतुमा चढ्ने योजना बनाएका छन् । आफ्नो घर धितो राखेर कीर्तिमान राख्न अघि बढेका पुर्जा अहिले आरोहणको अन्तिम चरणमा छन् र यसका लागि लाग्ने खर्च जुटाउन अहिले युकेमा आइपुगेका छन् ।
पुर्जाको अन्तरवार्ता लण्डनबाट प्रसारण हुने स्काइ, आइटिभी टेलिभिजनमा देखेपछि ‘हामी नेपालीले पनि पुर्जालाई केही गर्नुपर्छ’ भन्ने सोच राखेर नेपाली मेलामा यो कार्यक्रम थपिएको सुवसिं गुरुङले बताए । छोटो समयको अनुरोधमै युकेमा रहेका विभिन्न संघसंस्थाले पुर्जालाई सहयोग गर्न देखाएको तत्परताले आफूलाई उत्साहित बनाएको उनले बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा