काठमाडौ। नयाँ संविधान निर्माणका लागि सत्तारुढको आग्रहमा सभाध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
विपक्षी मोर्चाको विरोधका बाबजुत पनि ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरेका थिए ।
सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकले समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो। बैठकले सभासदलाई गाउँगाउँ गएर सत्तापक्षको भण्डाफोर गर्न निर्देशन दिएको छ। यसअघि नै माओवादीले चरणवद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।
सभाध्यक्षले प्रस्ताव पेश गरेपछि मोर्चाले सभाध्यक्षलाई असहयोग गर्ने घोषणा गरेका थिए। सभाध्यक्षलाई असहयोग गर्ने रणनीति अन्तर्गत नै प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरिएको माओवादीले जनाएको छ।
तीन महिने आन्दोलन कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चाले फागुन १६ गते राजधानीमा विरोधसभा आयोजना गर्ने भएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण