काठमाडौ। नयाँ संविधान निर्माणका लागि सत्तारुढको आग्रहमा सभाध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
विपक्षी मोर्चाको विरोधका बाबजुत पनि ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरेका थिए ।
सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकले समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो। बैठकले सभासदलाई गाउँगाउँ गएर सत्तापक्षको भण्डाफोर गर्न निर्देशन दिएको छ। यसअघि नै माओवादीले चरणवद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।
सभाध्यक्षले प्रस्ताव पेश गरेपछि मोर्चाले सभाध्यक्षलाई असहयोग गर्ने घोषणा गरेका थिए। सभाध्यक्षलाई असहयोग गर्ने रणनीति अन्तर्गत नै प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरिएको माओवादीले जनाएको छ।
तीन महिने आन्दोलन कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चाले फागुन १६ गते राजधानीमा विरोधसभा आयोजना गर्ने भएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते