लन्डन । बेलायतवासी गजलकार नृपेश उप्रेती एक पटक फेरि मिडियामा छाएका छन् । उप्रेतीको रचना तथा संगीत रहेको ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियो सार्वजनिक भएसंगै पत्रकार समेत रहेका उप्रेतीको चर्चा चुलिएको हो ।
‘तिम्रो खुशीमा’ गीत हाल केही चर्चित गीतहरुको कभर गाएर भाइरल बनेकी गायिका एलिना चौहानले गाएकी हुन् । ‘इन्स्टाको फोटो’ र ‘तिम्रो मायाले बांधेर राख’ जस्ता गीतहरुको कभर पछि एलिना चर्चाको शिखरमा छिन् । ‘तिम्रो खुशीमा’ एलिनाको पहिलो म्यूजिक भिडियो हो ।
‘तिम्रो खुशीमा’ का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् । बेलायतमा बसेर गीत गजल लेखनमा लामो समय देखि सक्रिय उप्रेती आफ्नै शब्दमा कहिलेकाहीं संगीत भर्ने पनि गर्छन् । यसअघि उनीद्वारा संगीतवद्व ‘बरिलै’ बोलको गीत निकै मन पराइएको थियो जसलाई ‘नेपाल आइडल- २’ का सहभागी गायक कृशल कंडेल र मीनराज पौडेलले गाएका थिए ।
खुशी इन्टरटेनमेन्टको प्रस्तुति ‘तिम्रो खुशीमा’ को भिडियो शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन् । शक्ति प्रज्वल भिडियो सम्पादनको क्षेत्रमा सक्रिय र स्थापित नाम हो । ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियोमा नायिका रिचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक भूमिकामा देखिएका छन् । नायिका रिचाको पहिलो चलचित्र ‘लव यू हमेसा’ यतिबेला रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन् । कथानक पक्षलाई विशेष जोड दिइएको यस भिडियोमा अस्मिता बिक र मोहन आचार्यलाई पनि महत्त्वपूर्ण भूमिकामा देख्न सकिन्छ ।
स्वयं निर्देशक शक्ति प्रज्वलले ‘तिम्रो खुशीमा’ को सम्पादन कलरिङ गरेका छन् भने यसमा छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रबिन थापाको छ । ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियो हवाइट मिडिया प्रालिले निर्माण गरेको हो ।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता