काठमाडौं। एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। एमाओवादीको संसदीय दलको कार्यालयमा भएको मोर्चाको बैठकले आन्दोलनको पहिलो चरणअन्तर्गत एक महिनाभन्दा लामो संघर्षको कार्यक्रम अघि सारेको छ ।
मोर्चाले पहिलो चरणलाई प्रचारात्मक आन्दोलन भनेको छ । उक्त चरणमा भण्डाफोर र खबरदारी हुने बताइएको छ । त्यसअन्तर्गत माघ २० गतेसम्म आन्दोलनको तयारी गर्ने, माघ २१ देखि २९ सम्म गाउँ र नगरमा अन्तक्रिया, सभा, भित्तेलेखन, पर्चा वितरण गर्ने कार्यक्रम छन् । निर्वाचन क्षेत्रस्तरका आससभा पनि पहिलो चरणमा हुनेछन् ।
फागुन १ देखि १० गतेसम्म जिल्लास्तरीय घेराउ, धर्ना, जुलुस र सभा आयोजना गरिने मोर्चाले जनाएको छ । त्यसैगरी, फागुनको १६ गते राजधानीमा बृहत आमसभा गर्ने तयारी गठबन्धनको छ।
गठबन्धनको आइतबार सम्पन्न बैठकले बहुमतीय प्रक्रिया नरोके र सहमतिको आधारमा संविधान जारी गर्ने ग्यारेन्टी नगरेसम्म सरकार र सत्तारूढ दल तथा संविधानसभा अध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेको थियो।
मोर्चाले दोस्रो चरणमा भने ‘क्रियात्मक’ आन्दोलन हुने जनाएको छ । मोर्चाका अनुसार, दोस्रो चरणको आन्दोलन फागुन १७ देखि चैत १५ सम्म हुनेछ। चैत १६ देखि भने निर्णायक आन्दोलन हुनेछ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण