काठमाडौं। एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। एमाओवादीको संसदीय दलको कार्यालयमा भएको मोर्चाको बैठकले आन्दोलनको पहिलो चरणअन्तर्गत एक महिनाभन्दा लामो संघर्षको कार्यक्रम अघि सारेको छ ।
मोर्चाले पहिलो चरणलाई प्रचारात्मक आन्दोलन भनेको छ । उक्त चरणमा भण्डाफोर र खबरदारी हुने बताइएको छ । त्यसअन्तर्गत माघ २० गतेसम्म आन्दोलनको तयारी गर्ने, माघ २१ देखि २९ सम्म गाउँ र नगरमा अन्तक्रिया, सभा, भित्तेलेखन, पर्चा वितरण गर्ने कार्यक्रम छन् । निर्वाचन क्षेत्रस्तरका आससभा पनि पहिलो चरणमा हुनेछन् ।
फागुन १ देखि १० गतेसम्म जिल्लास्तरीय घेराउ, धर्ना, जुलुस र सभा आयोजना गरिने मोर्चाले जनाएको छ । त्यसैगरी, फागुनको १६ गते राजधानीमा बृहत आमसभा गर्ने तयारी गठबन्धनको छ।
गठबन्धनको आइतबार सम्पन्न बैठकले बहुमतीय प्रक्रिया नरोके र सहमतिको आधारमा संविधान जारी गर्ने ग्यारेन्टी नगरेसम्म सरकार र सत्तारूढ दल तथा संविधानसभा अध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेको थियो।
मोर्चाले दोस्रो चरणमा भने ‘क्रियात्मक’ आन्दोलन हुने जनाएको छ । मोर्चाका अनुसार, दोस्रो चरणको आन्दोलन फागुन १७ देखि चैत १५ सम्म हुनेछ। चैत १६ देखि भने निर्णायक आन्दोलन हुनेछ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान