लन्डन – आफ्नै मन्त्रिपरिषद्का सदस्यहरु तथा सत्तारुढ दलका सांसदहरुको विरोध पछि ब्रिटिश प्रधानमन्त्री टेरेसा मेले आउँदो महिना पदत्याग गर्ने घोषणा गरेकी छिन् ।
शुक्रबार बिहान मध्य लन्डनस्थित आफ्नो कार्यालय, टेन डाउनिंग स्ट्रीट, बाहिर बोल्दै श्रीमती मेले जुन ७ तारिखका दिन आफुले सत्तारुढ दलको नेताको पद त्याग्ने जनाइन् । त्यसपछि उनको दलले नया नेता चुन्नेछ र उनीनै ब्रिटेनका नया प्रधानमन्त्री हुनेछन् ।
आफ्नो वक्तव्यमा मेले सन् २०१६ मा ब्रिटेनमा भएको जनमत संग्रहको नतिजा अनुसार ब्रिटेनलाई युरोपबाट बाहिर लान नसकेकोमा खेद व्यक्त गरिन् । ब्रिटेनको दोश्रो महिला प्रधानमन्त्री हुन पाउनु आफ्नो सौभाग्य भएको भन्दै उनले आफुले माया गरेको मुलुकको सेवा गर्न पाउंदा कृतज्ञ भएको बताइन् । यसो भनिरहंदा उनका आँखामा आँशु आएको थियो ।
सन् २०१६ मा गराइएको जनमत संग्रहमा ब्रिटिश मतदाताले सानो अन्तरले ब्रिटेनले युरोपेली संघ छाड्नु पर्ने पक्षमा मतदान गरेपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यमरनले आफ्नो पदबाट राजिनामा दिएका थिए ।
त्यसपछि जुलाई २०१६ मा प्रधानमन्त्री चुनिएकी मेले तीन वर्ष नपुग्दै पद छाड्नुपर्यो । तर, नयाँ प्रधानमन्त्री नचुनिंदासम्म उनी कार्यवाहक प्रधानमन्त्रीको रुपमा रही रहनेछिन् ।
गत वर्ष उनको सरकारले युरोपेली संघसंग गरेको ‘फ्रेमवर्क सम्झौता’ ब्रिटेनको संसदले तीन पटक अस्वीकार गरिदिए पछि उनी माथि पद छाड्न दबाब बढेको थियो । तर, उनले मुख्य विपक्षी लेबर पार्टीसंग सम्झौता पारित गराउनेबारे छलफल शुरु गरेकी थिइन् तर ती वार्ता पनि फलदायी भएनन् ।
एक ट्वीट गर्दै लेबर पार्टीका नेता जेरेमी कोर्बिनले राजीनामा गरेर श्रीमती मेले सही निर्णय लिएको जनाए तर उनले नयां प्रधानमन्त्रीले देशमा ताजा चुनाव गराउनु पर्ने माग पनि गरे ।
ब्रिटेनले गएको मार्च २९ मा इयु छाड्नु पर्ने थियो, तर सांसदहरुले प्रधानमन्त्रीले संसदमा प्रश्तुत गरेको सम्झौता अस्वीकार गरिदिएपछि अब ३१ अक्टोबर भित्र इयु छाड्ने गरि नयां मिति तोकिएको छ ।
यसै महिना भएको स्थानीय चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीले १,३३४ काउन्सीलर पदहरु गुमाएको थियो भने लेबर पार्टीले ८२ स्थान गुमाएको थियो । तेश्रो ठूलो दल लिबरल डेमोक्र्याटहरुले ७०३ स्थान थप गरेका थियो । त्यस्तै ग्रीन र स्वतन्त्र उम्मेदबारहरुले पनि स्थान बढाएका थिए ।
प्रधानमन्त्रीले ब्रेक्जिटबारे समय मै निर्णय लिन नसकेकाले चुनावमा त्यस्तो नतिजा आएको बताएकी थिईन् । विश्लेषकहरुले प्रधानमन्त्री मेको बहिर्गमन पछि ब्रेक्जिट संकट अरु गहिरिन सक्ने चेतावनी दिएका छन् ।
सत्तारुढ दलका नयां नेता तथा आगामी प्रधानमन्त्रीले युरोपेली संघसंग नयाँ सहमति कायम गर्न नसकेमा ब्रिटेनमा फेरि आमचुनाव हुनसक्ने अनुमान गरिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’