
लन्डन – बेलायतमा सरकारी चिकित्सकले बिरामीलाई हेर्ने समय कम भएको बताउंदै बढाउन माग गरेका छन् । उनीहरूले हालको समयमा पांच मिनेट थपेर १५ मिनेट बनाउन भनेका छन् । चिकित्सकहरूका अनुसार रोगहरूको बढ्दो जटिलताका कारण बिरामीलाई हेर्ने हालको समयसीमा कम भएको छ । बेलायतमा एक जना सरकारी चिकित्सकले प्रतिरोगी करिब १० मिनेट दिने गरेका छन् ।
नेपालमा औसतमा दुई मिनेटमा एउटा बिरामीलाई चिकित्सकले हेरिसक्छन् । भारतमा सरकारी चिकित्सकहरूका लागि प्रतिबिरामी २ मिनेट समय रहेको एउटा रिपोर्टमा उल्लेख छ । ‘रोयल कलेज अफ जनरल प्राक्टिसनर्स (आरसीजीपी) का अनुसार बेलायतमा २००३ पछि प्रतिवर्ष आठ प्रतिशतले दीर्घ रोगीहरूको संख्यामा वृद्धि भएको छ ।
त्यो अनुपातमा बिरामीहरूलाई समय कम भएको निष्कर्ष चिकित्सकहरूको छ । यसैलाई ध्यानमा राखेर पछिल्लो वर्षको अक्टोबरमा सरकारले ‘एप्वाइन्टमेन्ट’ को समयसीमाको समीक्षा गरेको थियो । समीक्षा बैठकलगत्तै समय बढाउने सिफारिस गरिएको छ ।
चिकित्सकसंग बिरामीको समय ५ मिनेट बढाउनुको अर्थ स्वास्थ्य क्षेत्रका झन्डै साढ चार अर्ब रुपैयां खर्चिनुपर्ने हुन्छ । यसबाट करिब २० हजार चिकित्सक र विशेषज्ञहरूको नयां नियुक्ति गर्नुपर्नेछ । क्याम्ब्रिज विश्वविद्यालयको एक शोधअनुसार सन् २०१७ मा बेलायतमा चिकित्सकसंग रोगीको बस्ने औसत समय ९ दशमलब २२ मिनेट छ । बेलायतका ९२ प्रतिशत चिकित्सकका अनुसार उनीहरूसंग रोगीलाई राम्ररी हेर्ने पर्याप्त समय छैन ् ।
विश्वकै आधा जनसंख्या भएका मुलुकमा ५ मिनेटभन्दा कम समय मात्रै चिकित्सकहरूबाट बिरामीले पाउने गरेका छन् । १५ यस्ता मुलुक छन् जहां विश्वका ५० प्रतिशत जनसंख्या बसोबास गर्छन् । त्यहां चिकित्सकबाट प्रतिरोगी पांच मिनेट वा योभन्दा कम समय मात्रै पाउंछन् । कम समय दिनु बिरामीका लागि चिन्ताको विषय हो ।
यसले चिकित्सकमाथि कामको बोझ र तनाव पनि बढाउंछ । यस्तो अवस्थामा रोगीले बढी समय फार्मेसीमा या एन्टिबायोटिक औषधिहरू खानमै बिताउनुपर्ने हुन सक्छ । यसबाट चिकित्सकसंगको सम्बन्ध पनि राम्रो हुंदैन । ६७ मुलुकलाई समेटिएर गरिएको अनुसन्धानले यो निष्कर्ष निकालेको हो ।
बेलायतमा सम्पादकीय कार्यालय रहेको र चिकित्सासम्बन्धी सबै खाले अनुसन्धानहरू सार्वजनिक गर्ने ‘बीएमजी जर्नल’ का अनुसार स्विडेनका चिकित्सकले आफ्ना बिरामीलाई सबैभन्दा बढी समय दिने गरेका छन् । त्यहां सर्वाधिक २२ दशमलब ५ मिनेट समय चिकित्सकबाट बिरामीले पाउने गरेको जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।
चिकित्सकबाट सबैभन्दा कम समय बंगलादेशमा बिरामीहरूले पाउंछन् । त्यहां चिकित्सकहरूबाट एक जना बिरामीले ४८ सेकेण्ड मात्रै पाउने प्रतिवेदनमा उल्लेख छ । अनलाइन जर्नल बीएमजेले सार्वजनिक गरेको रिपोर्टमा नेपालको पछिल्लो तथ्यांक उल्लेख छैन ् ।
तर, सन् १९९३ मा केही अस्पतालमा गरिएको सर्वेक्षणमा बिरामीले चिकित्सकबाट औसतमा ३ दशमलब ५ मिनेट पाउने गरेको उल्लेख छ । सन् २०१२ मा १ सय ९ वटा स्वास्थ्य केन्द्र, अस्पताल र क्लिनिकमा गरिएको अनुसन्धानमा २ दशमलब ०२ मिनेट उल्लेख छ । अन्य मुलुकमध्ये अमेरिकामा २१ दशमलब ०७, बुल्गेरियामा २०, रूसमा १७, फ्रान्समा १६ र चीनमा २ मिनेट बिरामीले पाउने गर्छन् । एजेन्सी
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग