लन्डन । बेलायतीहरुले केही वर्ष यता यौन सम्पर्क कम गर्न थालेको एउटा वृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनले करिब एक तिहाइ महिला तथा पुरुषले गत एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ । १६ देखि ४४ वर्षका आधा भन्दा कम महिला तथा पुरुषले सातामा एक पटकमात्र यौन सम्पर्क गर्ने गरेको बताएका छन् ।
३४ हजार मानिसमा गरिएको सर्वेक्षण तथ्यांकअनुसार २५ वर्ष माथिका बैवाहिक जोडी वा संगै बसेका (लिभिङ टुगेदर) महिला तथा पुरुषको यौन क्रियाकलापमा गत २१ वर्षको समयावधिमा सबैभन्दा बढि गिरावट आएको छ ।
अनुसन्धानकर्ताहरुले बेलायतको यौन सम्बन्ध र जीवनशैलीबारे सन् १९९१, २००१ र २०१२ को राष्ट्रिय सर्वेक्षणको तथ्यांकलाई आधार मानेका हुन् । यसबाट बेलायतका नागरिकको यौन क्रियाकलापबारे आंकलन गरिएको हो ।
हालै प्रकाशित तथ्यांक अनुसार १६ देखि ४४ वर्षका आधा भन्दा कम (४१ प्रतिशत) मानिसले गएको महिनामा सातामा कम्तीमा एक पटक यौन सम्पर्क गरेको बताएका छन् । गएको महिनामा एक पटक पनि यौन सम्पर्क नगर्ने महिलाको अनुपात सन् २००१ देखि २०१२ को बीचमा २६ प्रतिशतबाट बढेर २९.२ प्रतिशत र पुरुषको २६ प्रतिशतबाट बढेर २९.२ प्रतिशत पुगेको पाइएको छ ।
महिनाको १० पल्ट वा त्यो भन्दा बढि यौन सम्पर्क गर्ने महिलाको संख्या २०.६ प्रतिशतबाट घटेर १३.२ प्रतिशत छ भने पुरुषको २०.२ प्रतिशतबाट घटेर १४.४ प्रतिशत स्रहेको छ ।
३५ देखि ४४ वर्षका औषत महिलाले गत महिनामा यौन सम्पर्क ४ पटक गर्ने गरेकोमा २ तथा पुरुषले ४ बाट ३ पटकमा झरेको अध्ययनमा देखिएको छ ।
लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरुले कुमारित्व जोगाउने उद्देश्यभन्दा पनि पहिला यौन क्रियाकलाप बढि गर्ने मानिसहरु नै संख्यामा कमी आएको बताएका छन् । २५ वर्ष भन्दा कम उमेरका अविवाहितले थोरै यौन सम्पर्क राखेपनि विवाहित तथा संगै बस्ने जोडीको यौन क्रियाकलापमामा समेत उल्लेख्य कमी आएको जनाइएको छ ।
आधुनिक जीवनशैली, कार्य ब्यतस्ता तथा चिन्ताका कारण यसरी यौन क्रियाकलापमा ह्रास आएको जनाइएको छ । जागिर, बालबालिकाको जिम्मेवारी, सामाजिक अवस्था आदि कारणले पनि यौनमा कमी आएको हुनसक्ने प्रतिवेदनमा छ ।
समाजमा महिला पुरुष समानताको मुद्दाका कारणले पनि महिलाहरु आफ्नो पतिको चाहना अनुरुप यौन गर्न चाहंदैनन् भन्ने छ । कतिपयले सामाजिक सञ्जाल तथा विश्व आर्थिक मन्दीका कारण पनि यौन क्रियाकलाप घटेको हुनसक्ने औंल्याएका छन् ।
सेक्स थेरापिस्ट पिटर स्याडिङटन संख्यात्मक भन्दा गुणात्मक यौनले महत्व राख्ने बताउंछन् । ‘यसले अर्थ राख्दैन कि तपाईं हरेक दिन डायरीमा मिति लेखेर यौन गर्नुस्’, उनको भनाई बीबीसीमा उल्लेख छ ।
युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डा. क्याथ मर्सरका भनाइमा मानिसहरु सेक्स मुडभन्दा जागिर र पैसाले चिन्तित छन् । ‘आधुनिक प्रविधि पनि यस पछाडिको कारण छ’, उनले बीबीसीसंग भनेका छन्, ‘अचेल प्राय मानिसहरुको हातमा टयाब्लेट्स र स्मार्टफोन छन् । उनीहरु बेडमै फेसबुक ट्वीटर र इमेलको जवाफ दिएर समय बिताउंछन् ।’ कान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’