काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको गोठाटारस्थित ५ सय ३४ रोपनी जग्गामा अवैध बालुवाखानी र माटोखानी सञ्चालन गरी करोडौं भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन स्थानीय विकास अधिकारी, कोषका तत्कालीन सदस्यसचिव, ठेकेदारसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ।
तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली र प्रेमराज जोशी, कोषका तत्कालीन सदस्यसचिवहरू निर्मल कुइँकेल र सुशील नाहाटा, उपनिर्देशक राजु रेग्मी, बालुवाखानीका ठेकेदारहरू बच्चुराम दाहाल र मिठाराम दाहाल तथा तत्कालीन प्रशासकीय अधिकृत भीष्मकुमार मल्लविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले ९ जनाविरुद्ध कुल ४६ करोड ५६ लाख ८७ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ ।
पशुपतिनाथको नाउँमा रहेको बालुवाखानी सञ्चालनमा संग्लन देखिएका तत्कालीन सदस्यसचिव र स्थानीय विकास अधिकारीलाई मुद्दा दायर गरिए पनि तत्कालीन संस्कृतिमन्त्री मीनेन्द्र रिजाललाई छानबिन दायरामा ल्याइएको छैन।
त्यसैगरी कोषको जग्गामा माटो उत्खनन गरी बिक्री गरिएको भन्दै कोषले हालका सदस्य सचिव गोविन्द टन्डनलगायत पदाधिकारीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा