लण्डन । ‘क्याप्टेन’ फिल्मको बेलायत शोका लागि गत ६ अप्रिलमा लण्डन आएका अभिनेता भुवन केसी र उनकी गर्लफ्रेन्ड जिया केसी यहाँ रोमान्स गर्दैछन् । फिल्म शोपछि नायक पुत्र अनमोल काठमाडौं फर्किए लगत्तै भुवन जिया रोमान्स सामाजिक सन्जालमै छताछुल्ल देखिएको हो ।
सुश्मितासँग डिभोर्सपछि लामो समयदेखि अफेर्समा रहँदै आएको यो जोडीले पहिलोपटक आफ्नो सम्बन्ध खुल्ला रुपमा फेसबुकमार्फत उजागर गरेको हो । भुवन जियाको रोमान्टिक तस्विरहरु सेन्ट्रल लण्डनको टावरब्रीज र वेष्ट मिनिस्टरतिर प्रसन राईले खिचेका हुन् । भुवन केटीका कारण बेला बेला चर्चामा आइरहन्छन् ।
अनमोल ‘क्याप्टेन’ को पहिलो रेड कार्पेट शो सकेर फर्किएपनि भुवन जिया बेलायतको लिभरपुल र अक्सफोर्ड शोमा समेत सहभागी भएका थिए । उनीहरु भोलि मंगलवार (१६ अप्रिल) बेलुका कतार एअरवेजबाट नेपाल फर्कनेछन् ।
‘क्याप्टेन’ फिल्म सपनकुमार राईले बेलायत ल्याएका हुन् । उक्त फिल्म अरु शहरमा पनि देखाउने योजनामा छन् सपन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते