लण्डन । बेलायतस्थित नेपाली पण्डितहरूले नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान समारोह गर्ने भएका छन् । पश्चिम लण्डन पण्डित समूहले आउँदो वैशाख १, २०७६ आइतबार (१४ अप्रिल) पश्चिम लण्डनको साउथहल विश्व हिन्दू मन्दिरमा वसन्त उत्सव तथा धार्मिक अनुष्ठान गर्न लागेको हो ।
उक्त अवसरमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सत्यनारायण पूजा, व्रत कथा, ग्रह शान्ति तथा भजन कीर्तन, १६ वर्ष मुनिका वालवालिकाद्वारा धार्मिक चित्रकला प्रदर्शन हुने आयोजकले जनाएका छन् ।
पण्डितहरूले बेलायतबासी सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सहभागी हुन आमन्त्रण समेत गरेका छन् ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो