केन्ट । विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदा झैं यसवर्ष पनि अर्थ आवरको अवसर पारेर ‘अर्थ आवर तथा साहित्य गोष्ठी’ आयोजना गरयो ।
गत ३० मार्च २०१९ का दिन आसफोर्ड, केन्टमा सम्पन्न सो कार्यक्रममा बिएफबिएस गोर्खा रेडियो सर्नक्लिफका स्टेशन प्रमुख योगराज राई, तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि थिए ।
संस्थाका अध्यक्ष तथा वातावरणविद विजय हितानले सहभागीलाई स्वागत गर्दै कार्यक्रम औपचारिक रुपमा शुरु गरेका थिए । उनले अर्थ आवरबारे प्रष्ट पार्दै आजको साँझ (मार्च ३०) १ घण्टा बिजुली बत्ती नबालेर इनर्जी खपत गरी वातावरणलाई केही समय भए पनि बचाउन सकौं भन्ने अभिब्यक्ति दिए ।
हितानले आउँदो साल सन् २०२० जुनमा ‘विश्व वातावरण दिवस’ को दिन पारेर नेपालमा वातावरण साहित्य गोष्ठी गर्ने योजना रहेको बताउंदै उक्त्त कार्यक्रमका लागि आर्थिक सहयोग जुटाउन बेलायतस्थित सहयोगी मनहरुबाट प्रतिब्यक्ति एक पाउण्ड र नेपालमा रहनेबाट रु १०० सहयोग आब्हान पनि गरे । उक्त सहयोग संकलन एकहजार जनाबाट प्राप्त भएपछि बन्द गरिने जनाइएको छ ।
कार्यक्रममा गायक गणेश पुनले भावेश भुमरीको नियात्रा ‘भिषाको रङ’ र साहित्यकार अमित थेबेले निवन्धकार बिजय हितानको ‘इको उत्सर्जन’ निवन्ध संग्रहको समीक्षा गरे ।
सो अवसरमा सेमन्त राई र सुरेन्द्र इङ्नामले बाँसुरीको मीठो धुन सुनाए भने अमित थेबे, लाहाङ चेम्जोङ, औतारी साईंला, अंग्रेजी साहित्यकारद्धय फेलिसीटी, मुरे होलवूड र विश्वासदीप तिगेलाले वातावरण कविताहरु वाचन गरे । थीर थापाले गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सभापति विजय हितानले वातावरण कविता वाचन गर्ने क्रममा सभाहल निशुल्क उपलब्ध गरिदिएकामा गोर्खा भान्सा घरका सञ्चालक सुष्मा लिम्बु गुरुङ र उपस्थित सबैमा धन्यवादसहित अर्को वर्ष पुन भेला हुने वाचा गर्दै कार्यक्रम समापन गरेका थिए ।
दिउसो २ बजे शुरु भई साँझ ५ बजे सकिएको उक्त कार्यक्रम संस्थाका सचिव थीर थापाले सञ्चालन गरेका थिए ।
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर