काठमाडौँ, ६ माघ । संविधानसभाको मंगलबारको बैठक पनि एमाओवादी र मधेसवादी दलले अवरोध गरेका छन्। बैठकको प्रारम्भमै सभाध्यक्ष सुवास नेम्वाङले कारबाही सुरु हुन्छ भनेपछि विपक्षी सभासद् रोस्टम घेर्दै प्रक्रियाबाट संविधान निर्माणको कार्य अघि नबढाउन नाराबाजी गर्न पुगेका थिए। संविधानका विवादित अन्तरवस्तुमाथि संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम प्रश्नावली तयार गर्न नामावलीसहितको प्रस्ताव पेस गर्न नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठलाई समय दिनुपूर्व नै घेराबन्दी गरिएपछि बैठक अवरुद्ध भएको हो।
गएराति पनि सो प्रस्ताव अघि बढाउन खोज्दा घेराउ र तोडफोड भएको थियो । आज हिजो जस्तो तोडफोडका घटना भने भएनन् । संविधासभा सचिवालयले मर्यादापालकको सङ्ख्या बढाएर थप सुरक्षा सतर्कता अपनाएको थियो ।
सभाध्यक्ष नेम्वाङले सभासद्लाई आफ्नो स्थानमा बस्न आग्रह गर्दा पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले अध्यक्ष नेम्वाङको आशन अगाडि घेराउ गरी लगातार नाराबाजी गरेका थिए।
संविधानका विवादित विषयमा दलहरूबीच सहमति नभएको र पूर्व निर्धारित माघ ८ भित्र संविधान ल्याउने समय दुई दिन बाँकी रहँदा संविधानसभामा त्यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ। बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ।
सोमबार राति एकीकृत नेकपा माओवादीसहितका दलले गरेको तोडफोडमा ३० लाख रुपैया बराबरको क्षति भएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य