काठमाडौं। प्रमुख राजनीतिक दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुबारे सहमति जुटाउने प्रयास असफल भएपछि देश द्वन्द्वतर्फ जाने संकेत देखिएको छ। आइतबार सहमति नजिक पुग्न लागेको दावी गर्ने दलहरुबीच सोमबार दुरी झनै बढेको स्पष्ट देखिएको छ।
दलहरुबीच सोमबार दिनभर जस्तो भएको पटक पटकको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेन। बैठक असफल भएपछि दलहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ। सत्तारुढ कांग्रेस, एमालेले एकीकृत नेकपा माओवादीका कारण वार्ता असफल भएको आरोप लगाएका छन् भने एकीकृत माओवादीले कांग्रेस एमालेमाथि दोष लगाएको छ।
सहमतिको प्रयास असफल भएपछि सत्तारुढ दलहरु संविधान निर्माणको प्रक्रिया अघि बढाउने भएका छन् भने विपक्षी मोर्चाले सहमतिका लागि भन्दै देशव्यापी आमहड्तालको घोषणा गरेको छ। दाहालले सहमति बिनाको संविधानले अर्को विद्रोह जन्माउने बाहेक अन्य काम नहुने बताएका छन्। तर सत्तारुढ दलहरुले संविधानसभा अल्पमतको बन्धक बन्न नसक्ने बताउँदै अएका छन्।
यसैबीच संविधानसभा कार्य व्यवस्था समितिको बैठक सम्पन्न भएको छ। सदस्यहरुले लामो बोलेर समय घर्क्याएको बताइएको छ । सभामुखसहित सत्तारुढ दलका नेताहरुले प्रश्नावली समिति बनाएर अघि बढ्ने जनाएका छन् तर विपक्षीहरुले त्यसको विरोध गरिरहेका छन् । सोमबार दिउँसो १ बोलाएको बैठक मध्यरात १२ बजेसम्म पनि बस्न सकेको छैन।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण