काठमाडौं, १६ फागुन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढ्नुभएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सवार सबैको निधन भएको खबरले गैरआवासीय नेपाली स्तब्ध भएको जनाएको छ ।
सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र होनहार युवा नेता गुमाएको जनाएको छ ।
“नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनुभएका अधिकारीसँगको एनआरएनएको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटनमन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रवद्र्धनमा लागि उहाँले गर्नुभएको पहल हाम्रा लागि चिरस्मरणीय रहनेछन्”, सङ्घका प्रवक्ता भूषण घिमिरेद्वारा जारी वक्तव्यमा भनिएको छ ।
सङ्घले सोही घटनामा परी दिवगङ्त हुनुभएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत सबैको परिवारजनमा यस शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेको छ ।
यसैबीच, नेपाल चेम्बर अफ कमर्शले पनि मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी शेर्पालगायतको दुर्घटनामा परी निधन भएकामा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते