लण्डन- आफूले यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई अनुमोदन पनि नगर्ने र इयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिएमा ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने बिषयमा निर्णय लिन आफूले संसदको सहारा लिने प्रधानमन्त्री टेरेजा मेले मङ्गलबार बताउनुभएको छ ।
“यदि ती दुबै विकल्पहरू अस्वीकृत भएमा सरकारले आगामी मार्च १४ मा संसदमा धारा ५० अन्तर्गत तोकिएको बहिर्गमन प्रक्रियालाई छोटो तर निश्चित समयका लागि पर सार्न मतदानमार्फत सांसदहरूबाट अनुमति लिने निर्णय मेरो छ,” प्रधानमन्त्री मेले भन्नुभयो ।
उहाँले भन्नुभयो, “बहिर्गमन प्रक्रियामा हुने ढिलाई आगामी जुनसम्मका लागि पछि सार्नेबारे संसदमा छलफल गरिनेछ ।”
युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसद्मा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री मेले दुई दिन पहिले बताउनुभएको थियो ।
प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भन्नुभयो, “मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसद्मा मतदान गरिनेछ ।”
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार