लन्डन । एभरग्रीन ग्रुप (इजीजी) बेजिङ्गस्टोकले शिव कल्चरल सेन्टरलाई मन्दिर निर्मार्णार्थ एक लाख रुपैयां प्रदान गरेको छ ।
सेन्टरले नेपालीहरुको घना बस्ती भएको अल्डरसटमा हालै एक सामुदायिक भवन खरिद गरि शिव मन्दिर बनाउन लागिरहंदा इजीजी बेजिङ्गस्टोकले उक्त सहयोग प्रदान गरेको हो ।
इजीजी सदस्यहरु मेजर खुशीमान गुरुङ्ग, इन्द्र( उर्मिला) गुरुङ्ग, ज्ञान गुरुङ्ग, मिठु गुरुङ्ग, सुधा गुरुङ्ग, सुशीला गुरुङ्ग, पुनम गुरुङ्ग र बल थापाले शिव कल्चरल सेन्टरका अध्यक्ष रोहित गुरुङ्ग र उनकी जीवनसंगिनी सुष्मा गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो ग्रुपले हालै अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भ्यालेन्टाइन च्यारिटी डिनर गरि रकम संकलन गरेको थियो । बेजिङ्गस्टोक निवासी १० जोडीहरुको समूह इजीजीले सन् २०१२ बाट नियमित भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गर्दै नेपालका विभिन्न संघ संस्थालाई सहयोग प्रदान गर्दै आएको छ । हालसम्म सो ग्रुपले दिलशोभा श्रेष्ठको आमाघर, मेनुका थापाको रक्षा नेपाल, लवप्रसाद बालगृह मुलपानी, बुंगमती अपांग सेवा संघ, नेप्लिज तेक्वान्दो एकेडेमी, बौद्ध अर्घौं सदन पोखरा, तमु प्रतिष्ठान, सहारा एकेडेमी पोखरा, एकल महिला संघ पोखरा, भूकम्प पीडित माया मगराती, धर्मकाया बुद्ध मन्डला पोखरा, मुसहर वस्ती निर्माणार्थ रवि लामिछाने, राधा पौडेल फाउन्डेशन, तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ र चार भन्ज्याङ्ग समाजलाई २५ लाख रुपैयां भन्दा बढि रकम सहयोग प्रदान गरिसकेको छ ।
यस पटक उक्त ग्रुपले कुडहर आधारभूत विद्यालय, पोखराको दृष्टिविहीन शाखा र जावलाखेलस्थित श्रीनेहा पोखरेलद्वारा सञ्चालित नेपाल स्नेही काखलाई सहयोग गर्ने बताएको छ ।
इजीजीका दश जोडीमा मेजर खुशीमान/इन्द्र (उर्मिला) गुरुङ्ग, ज्ञान/मिठु गुरुङ्ग, बल/सुनिता गुरुङ्ग, क्याप्टेन इन्द्र/सुशिला गुरुङ्ग, क्याप्टेन अशोक/रमन सेन, विजय/चन्द्र गुरुङ्ग, मैतसिङ्ग/ज्योती गुरुङ्ग, कमल/पुनम गुरुङ्ग, अर्जुन/सुनिता लम्साल र लालप्रसाद गुरुङ्ग बिइएम/सुधा गुरुङ्ग छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते