लन्डन । विश्वका ८ हजार उचाईं माथिका सबै १४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए । ए स्टारले पूर्जाको अभियान जारी भएसम्म प्रत्येक एक मोर्गेज डिलबाट दश पाउण्डका दरले दिने दर्लामीले जनाए ।
पूर्जा यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने महत्वकांक्षी योजनामा छन् । पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई यो प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक हुने बताइएको छ ।
‘पूर्जा नेपाल र सबै नेपालीको गर्व र प्रतिष्ठा हुन् । उनको अभियानमा थोरै भएपनि साथ दिने हाम्रो प्रयास हो’- दर्लामीले भने । दर्लामीले अन्य संघसंस्थालाई पनि पूर्जाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
सन् २०१२ मा स्थापित ए स्टारले त्यसयता आफ्नो क्षमता अनुसार विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । गत वर्षमात्र ए स्टारले करिब तीन दर्जन संघसंस्थालाई सहयोग गरेको कम्पनीले जनाएको छ ।
पूर्जाको अभियानलाई एनआरएनए यूकेसहित अन्य संघसंस्थाले पनि सहयोग जुटाउन थालेका छन् । उनलाई ‘गोफण्डमी’ पेजमार्फत आर्थिक सहयोग गर्न सकिन्छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग