लन्डन । अवकासप्राप्त एकजना ब्रिटिश गोर्खाले मद्यपान गरि मोटर हांकेको पाइएपछि उनलाई अदालतले २८ महिना सवारी साधन चलाउन प्रतिवन्ध र जरिवाना तिराएको छ ।
‘ग्लोस्टरसायर लाइभ डट को डट यूके’ का अनुसार, चेल्टेनहाम मेजिस्ट्रेट्स कोर्टले सिड्नी स्ट्रिट ग्लोस्टर निवासी ५६ वर्षीय टिकाराम थापामाथि उक्त प्रतिवन्ध लगाएको हो । १५ वर्ष सेवापछि ब्रिटिश सैनिकबाट रिटायर्ड भएका थापाले कानुनी रुपले मद्यपान गर्न पाउने सीमा (लिमिट) भन्दा साढे तीन गुणा बढि अल्कोहल सेवन गरि गांडी हांकेका थिए । तर, ति गोर्खाले आफूलाई पिए जस्तो महशुस कत्ति नभएको अदालतसमक्ष जिकिर गरेका थिए ।
गत १९ जनवरीका दिन थापाले हांकेको कारले चेल्टेनहाम रोड, ग्लोस्टरमा एक मोपेड चालक एन्ड्रियू वाइटलाई ठक्कर दिइ घाइते भएपछि थापा समातिएका थिए । घुंडामा चोट लागेका कारण वाइटलाई अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो ।
म्याजिस्ट्रेटस कोर्टले आगामी ५ जुन २०२१ सम्म थापालाई सवारी साधन चलाउन अयोग्य ठहर गरेपनि अगष्ट १२, २०२० सम्म ‘ड्रिंक ड्राइभिङ’ कोर्स गरे प्रतिवन्ध २०५ दिन कायम गरिने फैसला गरेको छ । उनलाई ८० घण्टासम्म बिना पारिश्रमिक काम, ८५ पाउण्ड कानुनी खर्च र ८५ पाउण्ड पीडितलाई हर्जाना तिर्न पनि अदालतले आदेश दिएको छ ।
सेक्यूरिटी अफिसरका रुपमा कार्यरत थापा तीन सन्तान र श्रीमतिका साथ तीन वर्षदेखि यूकेमा बस्छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते