
काठमाडौँ, २८ माघ – यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।
केन्द्रका निर्देशक डा तारानाथ पोखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ । फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते