लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदमा विश्वासको मत जितेकी छन् । मेले बुधबार सांझ संसदमा भएको मतदानमा ३२५ मत पाइन् भने अविश्वास प्रस्तावको पक्षमा ३०६ सांसद उभिए ।
विश्वासको मत पाएसंगै प्रधानमन्त्री मेको पद जोगिएको छ ।
मेले एक दिन अघि मंगलबार सांझ बेलायती संसदमा प्रस्तुत गरेको ईयूबाट बहिगर्मन (ब्रेक्जिट) प्रस्ताव बहुमतले अस्वीकृत भए लगत्तै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मंगलबार मेको प्रस्तावको पक्षमा जम्मा २०२ मत परेको थियो भने विपक्षमा ४३२ सांसदले मत हालेका थिए ।
सत्तारुढ कन्जर्भेटिभ पार्टीकै ११८ सांसदहरु र डियूपीका सांसदले समेत मेको प्रस्ताव विपक्षमा मत हालेका थिए । तर, बुधबार भने सत्तारुढ दलका सांसदहरु सबैले समर्थन गरेर मेले १९ मत बढिले जितिन् ।
जिते लगत्तै मेले प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा एक वक्तव्य दिंदै अब अगाडिको बाटो पहिल्याउने बेला आएकोले सबै पार्टीका सांसदहरुलाई एकै ठाउंमा आएर ‘ब्रेक्जिट’ मुद्दा किनारा लगाउन आव्हान गरिन् । ‘यो मेरो कर्तव्य हो कि ईयू छाड्न बेलायती जनताले दिएको निर्देशन शिरोपर गर्नु र मैले त्यो गरें’- मेले भनेकी छन् ।
जनमतसंग्रहपछि बेलायती जनता समक्ष गरेको प्रतिज्ञा पुरा गर्न आफू निरन्तर लागिरहने र ईयू छाड्ने उनले बताएकी छन् ।
मेले आफ्ना पार्टी नेताहरु र डियूपी नेताहरुसंग छलफल गरिसकेको पनि जनाइन् । मेले विपक्षी दलका नेता कोर्बिन वार्ताका लागि सहमत नहुनु दुःखद भएको धारणा राख्दै वार्ताको ढोका भने सधैं खुल्ला रहेको बताएकी छन् ।
कोर्बिनले भने सरकारले विश्वास गुमाइसकेको धारणा राखेका छन् ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न