सोलुखुम्बु । देशभर आमाको नामबाट छोराछोरीले नागरिकता पाउने व्यवस्था हुनुपर्छ भन्ने आन्दोलन चर्किरहेको बेला सोलुखुम्बुमा भने एक जनालाई आमाको नामबाट नागरिकता प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दुधकुण्ड नगरपालिका ९ बस्ने फुर्वा लामाकी छोरी डोमा लामालाई आमाको नामबाट ११-०१-७१-०२०२१ नम्बरको नागरिकता प्रदान गरेको हो । बाबुको जानकारी नभएको अवस्थामा बाबुको नामको महल खाली छाडेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले डोमालाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी झङकनाथ ढकालले बताए ।
दुधकुण्ड नगरपालिका ९ सोलुखुम्बु निबासी फुर्वा शेर्पाले २० वर्ष अघि कसैको गर्भ बोकेर छोरी जन्माएको र गर्भ बोकाउने व्यक्तिले नअपनाएपछि एक्लै छोरी हुर्काउँदै आएकी थिइन् । फुर्वाले भनिन् – प्रेममा केटाले धोका दिएर सम्पर्क बिहिन भएपछि एक्लै दुःख गरेर छोरी हुर्काएँ, नागरिकता दिन बाबुको नाम चाहिन्छ भन्थे, तर आज आफ्नै नामबाट नागरिकता दिलाउन पाउँदै ज्यादै खुशी भएकोछु ।
स्नातक तह तेश्रो वर्षमा अध्ययनरत डोमाका सबै शैक्षिक प्रमाणपत्रमा आमाको मात्र नाम उल्लेख छ । तर आमाको नामबाट मात्र नागरिकता पाइँदैन भन्ने सुनेकी डोमाले नागरिकता पाएपछि खुशी हुँदै भनिन्, ‘मैले नागरिकता नहुँदा धेरै अबसरहरु गुम्ने चिन्ता थियो, तर आज आमाको नामबाट मात्र नागरिकता पाउँ ज्यादै खुशी छु।’
स्थानीयको मुचुल्का र प्रहरी रिपोर्टको आधारमा आमा छोरीलाई नै नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी झङकनाथ ढकालले बताए । डोमा जस्ता धेरैले नागरिकता पाएका छैनन् । यो समस्यामा समाधानको खोजी गरी कानुनी बाटोबाटै उनीहरुलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
उनले भने, ‘कुनै नयाँ कुरा हो जस्तो लाग्दैन, कुनै पुरुषले गर्भ बोकाएपछि गरेको गद्दारीका सजाय उसको छोरीलाई दिनु हुँदैन भनेर प्रक्रिया पुर्याएर डोमालाई नागरिकता दिएको हुँ ।’
डोमाले नागरिकता पाएकोमा खुशी व्यक्त गर्दै महिला मानवअधिकार रक्षक सञ्जाल सोलुखुम्बुकी अध्यक्ष टंकीमाया बस्नेतले भनिन् ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ भनेर हामी आन्दोलन गरिरहेका छौं, सोलुखुम्बुमा डोमाले पाईन्, ज्यादै खुशी छौं, देशभर यस्ता समस्या भएका सबै नेपाली महिलाका छोराछोरीले यहि प्रक्रियाबाट नागरिकता पाउन् ।’
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते