
लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले साउथ इष्ट लन्डनस्थित नेपाली समुदायसंग आइतबार एक अन्तरक्रिया गरेको छ । पत्रकार र नेपाली समुदायबीच सम्वन्ध अभिवृद्धिका साथै समुदायका अपेक्षा बुझ्न शाखाले पहिलो चरणमा साउथ इष्ट लन्डन क्षेत्रबाट अन्तरक्रिया प्रारम्भ गरेको हो ।
आफ्नो सुझाव तथा धारणा राख्ने क्रममा झण्डै तीन दर्जन वक्ताले बेलायतस्थित नेपाली पत्रकारिताका विभिन्न आयाम उजागर गरे । पछिल्लो केही वर्ष यता नेपाली पत्रकारिता सशक्त बन्दै गएपनि अझ व्यवसायिक हुन नसकेको कतिपयको धारणा थियो । अधिकांश सहभागीले अनुसन्धनात्मक, निष्पक्ष तथा सत्य तथ्य समाचारमा जोड दिए ।
सामुदायिक वा व्यवसायिक पत्रकारिता के गर्ने त्यसबारे प्रष्ट हुनुपर्ने पनि कतिपयको सुझाव थियो । केही वक्ताले पत्रकारहरुबाट अपेक्षा बढि गर्ने तर उनीहरुको वाध्यता नबुझ्ने प्रवृत्ति पनि औंल्याए ।
सहभागी नेपाली संघसंस्थाका प्रतिनिधिले पत्रकारिता जस्तो संवेदनशील र महत्वपूर्ण पेशामा आवद्ध हुन पत्रकारहरुको योग्यताबारे पनि प्रश्न उठाएका थिए । बेलायतमा संख्यात्मक रुपमा पत्रकारहरु बढेपनि योग्य पत्रकारहरुको संख्या ज्यादै न्यून पाइएको पनि उनीहरुको जिकिर थियो ।
कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै बीबीसी आवद्ध वरिष्ठ पत्रकार भगीरथ योगीले प्रवासी नेपाली समुदायको दरिलो सहयोग र समर्थन बिना डायस्पोराका मिडिया बांच्न र फस्टाउन नसक्ने बताए । पत्रपत्रिकाको ग्राहक बनेर, ग्राहक शुल्क नियमित तिरेर, आफ्नो व्यवसायको विज्ञापन दिएर वा आफ्ना संघसंस्थाका सदस्यहरुलाई पत्रपत्रिका तथा टेलिभिजनको ग्राहक बन्न प्रेरित गरेर नेपाली समुदायले डायस्पोरा मिडियालाई सघाउन सक्ने उनको सुझाव थियो ।
शाखाका पूर्व सल्लाहकार योगीले पत्रकारहरुले जहां कार्यरत हो त्यहांको कुरा समुदायमा ल्याएर, मातृभूमिसंग जोड्न पहल गरेर एवं स्थानीय समुदायसंग चिनाउने काम गरेर प्रमुख भूमिका निर्वाह गर्न सक्ने धारणा समेत राखे ।
कार्यक्रममा विश्लेषणात्मक टिप्पणी गर्दै युसिएलका असोसिएट प्रोफेशर डा. तेजेन्द्र फेरालीले अनुसन्धानमुलक र गुणस्तरिय पत्रकारिताको अभाव औंल्याए । ‘नयां वर्ष, दशैं तिहार मनाएको समाचार मात्र होइन, अब बेलायतका नेपाली पत्रकारले स्थानीय मुद्दा र अनुसन्धानमा आधारित समाचार, लेख पनि लेख्न शुरु गर्नुपरयो’- उनको सुझाव थियो । ‘इन्टिग्रेसन’ र नयां पुस्तालाई आकर्षित गर्ने खालका सामाग्री पस्कन पनि उनले सुझाए ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले रचनात्मक सुझाव सल्लाहका लागि उपस्थित संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गरे । उनले बेलायतमा नेपाली पत्रकारहरुले गरिरहेको अभ्यास समुदायको अपेक्षासंग मेल खान्छ वा खान्न र के कस्ता सुधार आवश्यक छ भन्ने बुझ्न कार्यक्रम गरिएको प्रष्टयाए ।
कार्यक्रम संयोजक तथा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले बेलायतस्थित नेपाली समुदायको आवश्यकता र अपेक्षाअनुसार पत्रकारिताको विकास गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताए । साउथ इष्ट लण्डनबाट सुरु भएको अन्तरक्रिया बेलायतका हरेक क्षेत्रका नेपाली समुदायहरुमाझ पुगेर आयोजना गर्ने शाखाको लक्ष्य रहेको अर्यालले जनाए ।
महासचिव सञ्जय कंडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले धन्यवाद मन्तव्यसहित पत्रकारिताका चुनौतिबारे बोलेका थिए ।
कार्यक्रममा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा नेपालीपत्रका प्रबन्धक राजन कंडेल, एनसिआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुङ, वाटर एड यूकेमा कार्यरत डा. ओमप्रसाद गौतम, पासा पुच यूकेका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएनए यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, सचिव सुरोज मास्के, गेसोकी केन्द्रीय कोषाध्यक्ष देवीमाया पुन, आरजिएनएसका महासचिव जित रानाभाट, पशुपतिनाथ मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी लगायतले धारणा राखेका थिए ।
चाल्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष दिपक थापा, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेका अध्यक्ष शेखर वाग्ले, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, साहित्य चौतारी यूके संयोजक वासु शर्मा, प्रतिभा नक्षत्रका राजेन्द्र खस, नेपाली युथ एशोसिएसनका लक्ष्मण गुरुङ, जिगेसा अध्यक्ष लिलादेवी गुरुङ, बेक्सली नेपाली समाजका आनन्द धरेल, जमघट सांस्कृतिक परिवारका अध्यक्ष तीर्थबहादुर थापा र उपाध्यक्ष बाबु राना, थकाली समाज साउथ इष्टका अध्यक्ष अकिंत गौचन, ठकुरी समाज साउथ इष्टका अध्यक्ष हरिकुमार मल्लले पनि अन्तरक्रियामा सहभागिता जनाउंदै भनाइ राखेका थिए ।
त्यस्तै, कर्ण शाही, विनोद ज्ञवाली, दासुराम पाण्डे, नरेन्द्र कंडेल, फत्त थापा, एकाउन्टेन्ट एलएन पाण्डे, कृष्ण गैरे, होम शर्मा, पण्डित निलहरि घिमिरे, राजन खकुरेल, रेशम बस्याल लगायतका साउथ इष्ट लण्डनस्थित नेपाली समुदायका बुद्धिजिवी, सामाजिक अभियन्ताहरुले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।
अन्तरक्रियामा पत्रकारहरुको तर्फबाट विकलचन्द्र आचार्य, विपिन निरौला, संगीता मरहट्ठा, फडिन्द्र भट्टराई, जगन कार्की लगायतले बोलेका थिए ।
तस्विर- नरेन्द्र बस्नेत
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते