लन्डन । बेलायतको अस्थिर राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय मुद्रा बजारमा पाउण्ड स्टर्लिङमा निक्कै उतारचढाव भएको छ । पाउण्डको विनिमय दर अमेरिकन डलरसंग गत अप्रिल भन्दा ११ दशमलब ७७ प्रतिशतले गिरावट भएको छ । लन्डनमा शुक्रबार मुद्रा सटही गर्ने खुद्रा ठाउंमा एक पाउण्डको एक डलर पांच सेन्टमा कारोवार भयो ।
सन् २०१७ अप्रिलयता पाउण्डको भाउ डलरसंग यति कमी आएको यो सबैभन्दा धेरै हो । सन् २००८ मार्चको विश्व आर्थिक मन्दी अगाडि एक पाउण्ड बराबर दुई डलर पुगेको थियो ।
लगानीकर्तामाझ बेलायत कुन शर्तमा इयूबाट बाहिरिने भन्ने अन्योलका कारण पाउण्ड स्टर्लिङ कमजोर भएको लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यले बताए । ब्रेक्जिट निक्र्यौल नहुन्जेल पाउण्डको भाउमा गिरावट आइरहने आचार्यको बुझाइ छ ।
इयू कमन मार्केट एवं भन्सार संघमा बेलायत रहने नीति भए पाउण्डको भाउ बढ्ने तर ब्रेक्जिट वार्तामा बिना सहमति बेलायत बहिर्गमन हुने भए त्यसको सन्त्रासले पाउण्ड विनिमयमा प्रभाव पर्ने विश्लेषण आचार्यको छ ।
गत बिहीबारमात्र बेलायती प्रधानमन्त्री टेरेजा मेको कन्जरभेटिभ पार्टीभित्र अविश्वास प्रस्तावको सामना, ब्रेक्जिट सहमति बेलायतको संसदमा पास हुन नसक्ने आकंलन तथा सत्तारुढ कन्जरभेटिभ पार्टीभित्रको चर्को मतभेदले मुद्रा बजारमा अस्थिरता आएको बताइएको छ ।
बेलायत आउंदो मार्च अन्त्यमा युरोपियन युनियनबाट अलग हुने तालिका छ ।
ब्यवसायहरुलाई अस्थिरताले पिरोलेपछि निर्यात, लगानी र वृद्धिदरमा असर गरि पाउण्डको भाउ कमजोर बनाउन सहयोग गर्छ । पाउण्डको भाउ बारम्बार झर्नु बेलायतको अर्थतन्त्रमा नकारात्मक असर पर्नु हो । बेलायतका उपभोक्ताहरुको खर्च गर्ने क्षमता हेर्दा अर्थतन्त्रमा वृद्धि हुने कुरा सहज
देखिंदैन् । बेलायतमा सन् २००८ को आर्थिक मन्दी देखिनै उत्पादकत्व र तलव वृद्धि सन्तोषजनक छैन् ।
कमजोर मुद्राले जुनसुकै आयात गरिएको सामानको भाउ बढ्छ । पेट्रोलियम लगायत खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक सामानहरुको भाउ बढ्छ । होलिडे महंगो हुन्छ । यसको अर्थ मुद्राको क्रयशक्तिमा ह्रास हुनु हो । तर, सामान निर्यात गर्दा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सस्तो हुन पुग्छ । बेलायतको ७० प्रतिशत अर्थतन्त्र सेवा क्षेत्रमा आश्रित छ ।
इयूबाट बहिर्गमन नहुन्जेल बेलायती अर्थतन्त्रले थप कठोर परिस्थिति सामना गर्नुपर्ने लक्षण देखिएका छन् । ब्रेक्जिट सम्झौतामा कमन मार्केट तथा भन्सार संघमा रहिरहने कि छोड्ने भन्ने प्रमुख आर्थिक मुद्दा छ । कमन मार्केटमा रहंदा फ्री मुभमेन्ट मान्नुपर्ने शर्त इयूको छ । फ्री मुभमेन्टलाई स्वीकार गरे आप्रवासी संख्या नियन्त्रण नहुने पक्का छ । बेलायतमा आप्रवासी नियन्त्रण प्रमुख राजनीतिक मुद्दा रहंदै आएको छ ।
कमन मार्केट छोडे आयात र निर्यात गरि ५५ प्रतिशत भन्दा बढी ब्यापार गर्ने इयूमा यसको टयारिफ (कर) तिर्नुपर्ने हुन्छ, जसले गर्दा बेलायती व्यवसायलाई थप भार पर्न सक्छ । बिना सम्झौता ब्रेक्जिट भए समग्र अर्थतन्त्रमा केहि वर्ष नकारात्मक असर पर्न सक्ने आकंलन गरिएको छ । इकान्तिपुर
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न