लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको नयां कार्यसमिति सहमतिमा चुन्ने सम्भावना टरेको छ । अध्यक्ष र उपाध्यक्ष पदका लागि दुई दुई जनाको उम्मेदवारी परेपछि एसोसिएसनको यही २४ तारिख लन्डनमा निर्वाचन नै हुने भएको हो ।
निर्वाचन समिति संयोजक अजिता सिम्खडाका अनुसार, बुधबार रातीसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा तोकिएको थियो । तर, अध्यक्षमा विनोदविकास सिम्खडा र इन्दिरा बस्याल तिवारी एवं उपाध्यक्षमा सुनिता गौतम थापा र गंगा साम्पाङको उम्मेदवारी कायमै रहेपछि निर्वाचन नै हुने भएको छ ।
‘निर्वाचन आफैंमा एउटा लोकतान्त्रिक अभ्यास हो । हामी अब निष्पक्ष रुपमा निर्वाचन गराउने तयारीमा जुटेका छौं’- संयोजक सिम्खडाले वीनेपालीसंग भनिन्, ‘जो साथीहरु आएपनि नयां टिम डायनामिक बन्नेछ ।’
अन्य पदमा भने आवश्यक संख्या बमोजिम नै उम्मेदवारी परेपछि निर्विरोध भएको छ । निर्विरोध हुनेमा महासचिव रस्मितासिंह दर्लामी, सांस्कृतिक सचिव रफी श्रेष्ठ, कोषाध्यक्ष बिनु लामिछाने र सहकोषाध्यक्ष आज्ञा खनाल छन् ।
त्यसैगरि कार्यकारी सदस्यहरुमा अन्जना सापकोटा, रन्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहरा, सरिता रिजाल र रजत्री पाण्डे थापा निर्विरोध भएका छन् । बांकी दुई सदस्य नयां कार्यसमितिले मनोनित गर्नेछ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न