काठमाडौं। फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमण र पत्रकारको हत्याको विरोध गर्दै काठमाडौंमा नेपाल पत्रकार महासंघले कार्यक्रम आयोजना गरेको छ। बसन्तपुर डबलीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले मैनवत्ति बाल्दै सो घटनाको विरोध र अभिब्यक्ति स्वतन्त्रताको समर्थन गरे । सञ्चारकर्मीहरुले फ्रान्समा केही दशकपछि भएको ठूलो आतंकवादी आक्रमणको विरोध जनाएका छन्।
कार्यक्रममा कार्टुनिष्ट अबिनले कार्टुन निर्माण गरेर बन्दुकले अभिव्यक्तिलाई रोक्न नसक्ने भन्दै आक्रमणको निन्दा गरेका छन्। उनको कार्टुनमा एउटा कलम भाँचिदैमा हजारौ कलम जन्मने अभिव्यक्ति रहेको थियो।
पत्रिकाको कार्यलयमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो। संदिग्घ इस्लामिक अतिवादीहरुले आक्रमण गरेका थिए। शुक्रबार दिउँसो प्रहरीको कारवाहीमा दुवै संदिग्घ आक्रमणकारी मारिएका थिए। सो घटनाको फ्रान्ससहित विश्वभर विरोध भएको छ। काठमाडौंमा भएको विरोध कार्यक्रमक केही तस्विर।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण