लण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले बेलायतका आर्मड फोर्सेस राज्यमन्त्री मार्क ल्यांकास्टरसित भेट गरेका छन् । बैरागी र मन्त्री ल्यांकास्टरबीच बुधबार लण्डनस्थित ल्यांकास्टर हाउसमा भेट भएको थियो ।
यसैगरी सचिव बैरागीले एसिया तथा प्रशान्त क्षेत्रका राज्यमन्त्री मार्क फिल्डसित पनि भेट गरेका छन् । राज्यमन्त्री फिल्डको कार्यालयमा विहीबार सो भेटघाट भएको थियो ।
भेटमा गोरखाको समस्याका बारेमा र दुई देशबीचको द्धिपक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । तर विस्तृत विवरण दिइएको छैन ।
गोरखा भूतपूर्व सैनिकहरूले परराष्ट्र सचिवको बेलायत भ्रमणलाइ चासो पूर्वक हेरिररहेका छन् ।
सो भेटघाटमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस समेत सहभागी थिए ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै