लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी मोति जयन्तिको अवसर पारेर गरिने उक्त सम्मेलनका लागि जापानमा पूर्व तयारीहरू सुरु गरिएको समाजका उपाध्यक्ष प्रकाश पौडेल माइलाले बताएका छन् । कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यकारहरुका अलावा नेपाल, भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा लगायतका देश तथा महादेशीय प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चात सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको डिसीमा क्रमश: दोश्रो र तेश्रो सम्मेलन सम्पन्न भइसकेका छन् ।
विगतका कार्यक्रमहरूबाट बटुलेको अनुभवले आगामी सम्मेलन शिष्ट र विशिष्ट बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी भइरहेको जानकारी दिदै समाजका महासचिव गोवर्धन पूजाले सम्मेलनले नेपाली भाषा र साहित्यका क्षेत्रमा केही ठोस योगदान दिने विश्वास व्यक्त गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते