लन्डन । युरोपकै सबैभन्दा पुरानो संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को अधिवेशन आगामी ९ डिसेम्वर २०१८ मा हुने भएको छ । लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा अधिवेशन हुने भएको हो ।
अधिवेशनका लागि गैर आवासीय नेपाली संघ बेलायतका महासचिव राजकुमार त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । केही समय अघि सम्पन्न कार्यसमिति बैठकले निर्वाचन समिति गठन गरेको महासचिव बाचस्पति रेग्मीले जनाए । नयां कार्यसमिति चयनका लागि एक सदस्यमा सिद्धार्थबिक्रम क्षेत्री र अर्को सदस्य संयोजक त्रिपाठीले नै मनोनित गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ ।
निर्वाचन समितिले निकट भविष्यमै यती कार्यसमितिसंग छलफल गरी निर्वाचन कार्यतालिका प्रकाशित गर्ने निर्वाचन संयोजक आरके त्रिपाठीले बताए । उनले यतीको सदस्यता लिन पनि अनुरोध गरेका छन् ।
यसैबीच, यतीले १७ नोभेम्वर २०१८ शनिबार एक च्यारिटी गर्ने तयारी गरेको छ । गैर आवासीय नेपाली संघ बेलायतको सहकार्यमा ‘अंध्यारोबाट उज्यालोतर्फ’ शीर्षकमा मानव जीवन संरक्षण मञ्चको सहयोगार्थ च्यारिटी हुन लागेको हो । उक्त कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी र बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी विशेष अतिथी हुनेछन् ।
च्यारिटी सफल बनाउन यती नेपाली एसोसिएसन यूकेका तर्फबाट पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा ध्रुव केसी, योगकुमार फगामी, राजकुमार त्रिपाठी, चित्रबहादुर गुरुङ, राजु थापा, सिद्धार्थ बिक्रम क्षेत्री, शशीधर नेपाल, बाचस्पति रेग्मी र आरती श्रेष्ठ सम्मिलित एक तयारी समिति बनाइएको यती अध्यक्ष शशीधर नेपालले जानकारी दिए ।
यतीले च्यारिटी र अधिवेशन दुवैमा उत्साहजनक सहभागिताका लागि आव्हान गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]