काठमाडौं।सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा तथा आयुक्तमा पत्रकार यशोदा तिमल्सिना र किरण पोखरेललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामो समयदेखि रिक्त आयोगमा तीन पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो । उनीहरुको पदावधि ५ वर्ष हुनेछ ।
बाँस्कोटालाई अर्थ सचिव हुँदा भ्याट बिल छलीमा संलग्नको विवरण लुकाएको भन्दै आयोगले कारवाही गर्ने चेतावनी दिएको थियो। पोखरेल अन्नपूर्ण पोष्ट दैनिकसँग अावद्ध छन् भने तिमल्सिना कान्तिपुर प्रकाशनले निकाल्ने नेपाल साप्ताहिकमा कार्यरत छिन्।
पोखरेल नेपाली कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनका पूर्व अध्यक्ष हुन भने तिमल्सिना नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष हुन्। तिमल्सिनाको आवद्धता नेकपा एमालेसँग छ।
सभामुख सुवास नेम्वाङ अध्यक्ष, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र पत्रकार महासंघका सभापति महेन्द्र विष्ट सदस्य रहेको सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषदले आयोगमा पदाधिकारी नियुक्त गरेको हो।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन