लन्डन । तमुधिं यूके नयाँ नेतृत्व चयनका लागि निर्वाचन तयारीमा जुटेको छ । बेलायतका नेपाली माझ शक्तिशाली ठानिएको गुरुङ समुदायको साझा संस्था तमुधिं यूकेको निर्वाचन आगामी १७ नोभेम्बरमा हुन लागेको हो । वर्तमान अध्यक्ष ज्ञाम गुरुङ नेतृत्वको दुई वर्षे कार्यकाल यही नोभेम्बरमा सकिंदैछ । सोही दिन बिहान साधारण सभा र दिउसो मतदानमार्फत नयाँ कार्यसमिति चयन गर्न लागिएको छ ।
अध्यक्ष एक, उपाध्यक्ष तीन सहित १० औं नयाँ कार्यसमिति चयन गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।
निर्वाचन समितिमा संयोजकमा एकेन्द्र गुरुङ, उपसंयोजकमा नारायण गुरुङ र सचिव हरिकाजी गुरुङ (काजी) छन् । साधारण सभा र निर्वाचन मिचेटस्थित आफ्नै भवनमा हुने तय भएको छ ।
तमुधिं यूके १० औं नयां कार्यसमिति सहमतिमै चयन हुने आशा अध्यक्ष ज्ञाम गुरुङले गरेका छन् । ‘तमुधिं यूकेमा अहिलेसम्म सहमतिमै अध्यक्ष छान्ने परम्परा छ, त्यही परम्पराले निरन्तरता पाउनेमा हामी आशावादी छौं’- अध्यक्ष गुरुङले वीनेपालीसँग भने ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै