लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले नेपालका वरिष्ठ मन्त्रीहरुसंग एक अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार सांझ अल्डरसटस्थित द प्यालेसमा भएको कार्यक्रममा बेलायतका गैर आवासीय नेपालीले नेताहरुसंग नेपाली नागरिकता निरन्तरता अभियानकैबारेमा आफ्नो ध्यानाकर्षण गराए । संविधानमा गैर आवासीय नेपाली नागरिकताबारे व्यवस्था भएपनि अब ऐन कानुन कस्तो बन्नेभन्ने सम्वन्धमा सर्वत्र चासो भइरहंदा सहभागीले मन्त्रीहरु सामु सार्थक पहल गरिदिन आग्रह गरेका थिए ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र वनमन्त्री शक्ति बस्नेतले नेपालको आर्थिक समृद्धि र विकासका लागि गैर आवासीय नेपालीहरुको ठूलो भूमिका रहेको जनाउंदै उनीहरुका मागबारे नेपाल सरकार सकारात्मक रहेको आश्वासन दिएका थिए ।
पहिलो चरणको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता अशोक राई, महिला इन्चार्ज नेतृ सुशीला श्रेष्ठ, राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ लगायतले सम्वोधन गरेका थिए ।
महासचिव आर के त्रिपाठीले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा उपाध्यक्ष सुशिला राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
दोश्रो चरणको कार्यक्रम उपमहासचिव विनय अधिकारीले सञ्चालन गरेका थिए जसमा नेताहरु र सहभागीबीच वहस भएको थियो ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, प्रेम गाहामगर, कार्यसमितिका केही सदस्य, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे लगायतको न्यून उपस्थिति थियो ।
एनआरएन यूकेले केही साताअघिमात्र नेपाल गएर विभिन्न प्रभावशाली मन्त्रीहरुलाई भेट गरि नागरिकता मुद्दामा गम्भीर चासो व्यक्त गरेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]