लण्डन । पहिलो नेपाल आइडल बुद्ध लामा ‘यूके डान्स अफ’ मा मुख्य आकर्षण हुने भएका छन्।
बेलायतमा प्रख्यात नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ को तेस्रो संस्करणमा सहभागी हुन लामा शुक्रबार लण्डन आउन लागेको आयोजक सपन इन्टरटेनमेन्ट लि यूकेका निर्देशक सपनकुमार राईले जनाए ।
यूके डान्स अफ यही आईतवार अक्टोबर १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा हुन लागेको हो । बुद्ध लामाले उक्त शोमा मात्र प्रस्तुति दिने छन् ।
राईले प्रतियोगिता तयारी पुरा भएको जानकारी दिए । यो पटक १२ जनाले प्रतिस्पर्धा गर्दैछन् र निर्णायकको भूमिकामा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक दिलीप रायमाझीलाई झिकाइएको छ ।
प्रतियोगिताको फाइनलका दिन विभिन्न २ राउण्डमा प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । ‘स्वदेशको झल्को’ नामक पहिलो राउण्डमा प्रतियोगीहरुले अनिवार्य रुपमा नेपाली गीतमा नृत्य र दोस्रो ‘क्याच द रिदम’ राउण्डमा आफूलाई मनपर्ने जुनसुकै गीतमा नृत्य देखाउन सकिने छ ।
यूके डान्स अफ विजेतालाई १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । विजेतालाई नेपाली चलचित्र र मिडिया क्षेत्रमा समेत अवसर दिने आयोजकको योजना छ ।
यूके डान्स अफ २०१७ की विजेता जसिता गुरुङ तथा यूके डान्स अफबाटै उदाएका धिरज मगरले नेपाली फिल्ममा राम्रो अवसर पाइसकेका छन्।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]