लण्डन । गत २१ सेप्टेम्बरबाट हराइरहेका भूतपूर्व गोर्खा हेम कुमार राई मृत भेटिएका छन् । ५१ वर्षीय राईको मृत शरीर लेस्टर ग्रोबीमा भेटिएको लेस्टरसायर पुलिसले शुक्रबार साँझ जनाएको छ ।
पुलिसले राईको निधन शंकास्पद नभएको जनाउँदै कोरोनरका लागि तयारी भइरहेको उल्लेख गरेको छ ।
लेस्टरसायर पुलिसले राईको खोजी कार्यमा सघाउने सबैप्रति आभार समेत ब्यक्त गरेको छ ।
केही वर्ष यता ननिटन बस्दै आएका राई गत २१ सेप्टेम्बरमा अन्तिम पटक देखिएका थिए । २४ सेप्टेम्बरका दिनसम्म आफन्त र परिवारजनसंग सम्पर्कमा रहेपश्चात अकस्मात ग्रोभीबाट काममा समेत नगइ सम्पर्कविहीन भएको स्थानीय नेपालीले जनाएका छन् ।
करिब ५ फिट ५ इन्च उचाइ भएका आर्मी नम्बर २११६७२१७ का एक्स कर्पोरल राई १० जिआर (२ आर जिआर) मा सेवारत भइ अवकास लिएका थिए ।
आफ्ना सक्रिय सदस्य गुमाउनु परेकोमा इन्टेक ८५ का अध्यक्ष योगकुमार फगामीले दु:ख ब्यक्त गरेका छन् । फगामीले नम्बरीको मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । राईको निधनमा ननिटन नेपाली समुदाय पनि दुःखी छ ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]