लन्डन । हिन्दू पण्डित समाज बेलायतको तत्वावधानमा लन्डन साउथहल मन्दिरमा दशैं उत्सव हुने भएको छ । आउँदो असोज २४ गते तदनुसार १० अक्टोबर बुधवार घटस्थापनाका दिनदेखि १९ अक्टोबर दशमीका दिनसम्म विविध धार्मिक/सांस्कृतिक समारोह गरी दशैं मनाउन लागिएको हो ।
उक्त दशैं उत्सवमा घटस्थापना विशेष पूजा गरी जमरा राख्ने, दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवं आरती, सप्तमीका दिन विधिवत् फूलपाती भित्रयाउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा विसर्जन र जमरा वितरणको कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
हिन्दू पण्डित समाज बेलायतले नेपालीहरूको महान् चाड विजया दशमी हर्षोल्लासपूर्वक मनाउन लागिएको जनाउंदै उक्त कार्यक्रममा समस्त बेलायतवासी नेपालीलाई सहभागी हुन निमन्त्रणा गरेको छ । श्रद्धा र स्वेच्छापूर्वक विशेष यजमानका रुपमा पूजामा सरिक हुन चाहनेले पनि छिटो सम्पर्क गर्न समाजले अनुरोध गरेको छ ।
स्थान: 2 Lady Margaret Rd, Southall UB1 2RA
सम्पर्क:
पं. चिरञ्जीवि ढकाल 07946599795
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण पौडेल (गाऊँले) 07916733773
पं. शेखर काफ्ले 07402945383
श्री होमनाथ पौडेल 07888673660
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते