काठमाडौं । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न देखिएका सञ्जय एस्माली मगरविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
एक महिनादेखि साउदी अरबमा रहेका मगरलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा नेपालमा रहेको इन्टरपोल शाखाले मंगलबार डिफ्युजन नोटिस जारी गरेको हो। अपराधमा संलग्न देखिएको, तर अदालतबाट पक्राउ आदेश नआएको अवस्थामा विदेशमा रहेका नेपालीविरुद्ध इन्टरपोलले यस्तो नोटिस जारी गर्छ । तत्कालिन न्यायाधीश बमको हत्याका प्रमुख योजनाकार सर्लाहीका बाबु थापासहित ४ जनालाई पक्राउ गरेको छ। सो घटना भएको २७ महिना भन्दा बढी भएको छ।
२०६९ जेठ १८ गते बमलाई राजधानीको शंखमूलमा गोली हानेर हत्या गरिएको थियो । प्रहरी अनुसन्धानअनुसार बममाथि मगरले गोली प्रहार गरेका थिए ।
यसैबीच न्यायाधीश बमको हत्यामा प्रयोग भएको शंकामा प्रहरीले दुइटा पेस्तोल परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाएको छ  पक्राउ परेका थापाको बयानका आधारमा ब्युरोले ललितपुर र पोखराबाट पेस्तोल ल्याएको हो। दुवै पेस्तोल हातहतियार तथा खरखजना अभियोगमा पक्राउ परेका अभियुक्तहरूले प्रयोग गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको हो वा होइन भन्ने बारेमा दुवै पेस्तोलको परीक्षण भइरहेको बताएको छ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल