काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार एकीकृत नेकपा माओवादीसहित प्रमुख चार पक्षबीच निर्णायक वार्ता गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार प्रमुख राजनीतिक दलको बुधबारको बैठकमा नयाँ संविधानको अन्तर्वस्तुहरुमा लचिलो भएर प्रस्तुत हुने र सहमति नभए संविधान सभामा प्रक्रिया शुरु गर्ने समेत सहमति भएको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राज्य पुनर्संरचना बाहेक अन्य विषयमा दुवै दल लचिलो हुनेसक्ने संकेत गरेका छन्।
‘राष्ट्रलाई अहिले जातिय राज्य र तराई पहाड हिमाललाई टुक्राउने विषयमा छलफल गर्न सकिदैन्’ वरिष्ठ नेता खनालले भने, ‘अन्य विषयमा भने लचिलो भएर प्रस्तुत हुनेछौं। सहमतिमा पुग्न नसके दुई तिहाइको प्रक्रिया अघि बढ्ने छ।
 वरिष्ठ नेता खनालले सहमतिका लागि एकीकृत नेकपा माओवादी र मधेशीवादी दलहरु लचिलो हुनुपर्ने बताए। मेरो गोरुको बाह्रै टक्का भनेर संविधान निर्माण नहुने उनले बताए ।
मुख्य चार पक्षबीच संविधान निर्माणको अन्तरबस्तुमाथि सहमति जुट्न सकेको छैन। राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली लगायतको विषयमा सहमति जुटेको छैन। यसअघि पनि निर्णायक वार्ता गर्ने दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिबाट असन्तुष्ट बनेर माओवादी अध्यक्ष दाहाल बाहिरिएका थिए। त्यसपछि दुवै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल