लण्डन । युवा जागरण अभियान नेपालले बेलायतका नेपालीलाई आफ्नो अभियानबारे अवगत गराउने भएको छ। नेपालमा पछिल्लो पटक देशव्यापी अभिमुखीकरण कार्यक्रम गरिरहेको उक्त सन्जालले आउंदो साता ७ अक्टोबर आईतवार लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुराँमा एक च्यारिटी लन्च गर्दै आफ्नो अभियानबारे जानकारी दिन लागेको संयोजक युवा बुद्धिजिवी चिन्तन पौडेलले बताए ।
चर्चित लोक गायक बिमल राज छेत्रीको गायन र दिवा भोज संगै कार्यक्रम गर्ने तयारी छ ।
पौडेलका अनुसार, नेपालको अर्थिक समृद्धि र सामाजिक बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ काम गर्दै आएको युवा जागरण अभियानले देशभर विभिन्न नीतिगत अन्तरक्रिया, संवाद, बहस र छलफल लगायत अभिमुखीकरण कार्यक्रम गरि लक्षित वर्गमा उर्जा भर्ने काम गरेको छ ।
कुनै पनि राष्ट्र निर्माणको अभियानमा स्पष्ट नीति र कार्ययोजना सहितको ढांचाबाट नै सम्भव छ तर्सथ नेपालको अर्थिक नीति, सामाजिक बिकास बारे नीति, शैक्षिक नीति, स्वस्थ्य सेवा सम्बन्धि नीति लगायत बिषयमा नीति बहस चलाएर नीति कार्यपत्र तयार गर्दै छ ।
युवा जागरण अभियानले विभिन्न सामाजिक बिकासका योजनाहरुमा हातेमालो गर्दै ग्रामीण भेगमा कृषि क्रान्ति र शैक्षिक बिकासका क्षेत्रमा अग्रसर भइ नेपालमा नै बसौं बसौं बनाउने तर्फ अभियान सक्रिय रहेको छ । सानो-सानो परिवर्तनबाट राष्ट्र निर्माण सम्भव छ भन्ने अभिप्रायले अभियान मेची-महाकाली जोड्ने लक्ष्य बोकेर अग्रसर रहेको छ ।
सबैको हौसला, प्रेरणा, सहयोग र साथले अझै नयाँ शक्ति र उर्जा मिल्ने आशा पौडेलको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा