अघि भर्खर हाँसिरहेको उ
अहिले नै छैन
कस्तो योजना हो हामीले बनाएको
कसरी निश्चिन्त रह्यौ हामी-
सोच्यौ-
‘बाहिर निस्केको श्वास भित्र पस्नेछ
भित्रको प्यारो ‘म’ ढुक्कले बस्नेछ ।’
क्षण भरको छाँया जस्तो जीवन
तर यो आकांक्षा
अजरामरको सोख-बीणा जस्तो
बजिरहेछ हरपल
लोभको भाउ निरन्तर बढिरहेछ
मात्र आयुको उचाई घटिरहेछ ।
देखेर पनि जीवन चेत खै ?
कति लामो हो भोगको लम्बाई
कति अग्लो हो सौखको उचाई
भोगले नै पो भोगिरहेछ हरपल
के भोगियो र भोगलाई ?
जीवन तिरेर मृत्यु किन्नुमा कस्तो मजा मनाउँछौ हामी?
क्षणभंगुर जीवनमा कति लूतो कनाउँछौ हामी?
रोग शोक नभए पो भोग्नुको अर्थ
मरिजानेको नसकिने तृष्णा हो व्यर्थ ।
अघि भर्खर हाँसेको मुहार
हेर्दाहेर्दै मलिन बनिसक्यो
त्यो म्लान अनुहार हेरेर
समयले दलिन गनिसक्यो ।
कस्तो अहं हो पुतलीको
बत्तीमा परेर डढ्नु अघिको
कस्तो अलमस्ती हो बरै
मरेर जानेको भोगप्रतिको ?
३० सेप्टेम्बर २०१२ लण्डन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री